परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयश‌ंकरबीच भेटवार्ता भएको छ ।

भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल भएको दूतावासले जनाएको छ । दुई देशका विदेशमन्त्रीबीचको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गलालगायत सहभागी थिए ।

ज्ञवाली र जयशंकरबीचको भेटलगत्तै हैदरावाद हाउसमै नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरू भएको छ । बैठकका लागि दुवै पक्षले करिब तीन दर्जनभन्दा बढी एजेण्डा तय गरेका छन् । एजेण्डा तय गर्नका लागि परराष्ट्र मन्त्रालयको एउटा टोली दुई दिनअघि नै नयाँदिल्ली आएको थियो ।

बैठकमा नेपाली पक्षले सीमा, व्यापार, ऊर्जा, कनेक्टिभिटिलगायतका विषयमा छलफलमा हुने बताइएको छ । त्यसैगरी बैठकमा दुई देशबीचका दुई दर्जनभन्दा बढी संयन्त्रहरुमा हालसम्म भएका सहमति र नसुल्झेका विषयमा समेत समीक्षा गरिने बताइएको छ ।

नेपाली पक्षले बैठकमा सीमा विवादलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । यद्यपि भारतीय पक्ष भने सीमा विवादलाई सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपले आफ्नो काम पूरा गरेपछि मात्र मन्त्रीस्तरीय आयोगको बैठकमा विस्तृत रुपमा छलफल गर्ने पक्षमा छ ।

बिहीबार साँझ भारतको विदेशमन्त्रालयले पनि परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा सीमा विवादको विषय छलफल नहुने धारणा सार्वजनिक गरेको थियो ।

आयोगको बैठकलगत्तै मन्त्री ज्ञवाली भारतीय विदेशमन्त्री जयंशकरले आयोजना गर्ने दिवाभोजमा सरिक हुनेछन् । त्यसपछि दिउँसो ३:३० मा नयाँदिल्लीस्थित भारत सरकारको थिंक ट्याकं परराष्ट्र मामिलासम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीडब्लू) मा आयोजना गर्ने नेपाल–भारतसम्बन्धी विषयक कार्यक्रमलाई मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ ।

मन्त्री ज्ञवाली दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिहं लगायतका उच्च राजनीतिज्ञहरुसँग भेट्ने तय भएको छ । यद्यपि ती भेटका बारेमा दुवै पक्षले हालसम्म केही खुलाएका छैनन् । मन्त्री ज्ञवाली शनिबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ११ : ४२ बजे

सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण संसद् चल्न सकेन : सांसद दाहाल

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सत्तापक्ष आफ्नो हठबाट

राज्यको विभेद : मासिने र नमासिने मतुवाली

कुरा हो, २४ वर्षअघिको । तामाङहरुका विषयमा केही जिज्ञासा लिएर

पानी जहाज विधेयक पारित, अब जलमार्गलाई खुल्यो कानुनी बाटो

काठमाडौं- पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित

प्रचण्ड कप भलिबल मंगलबारबाट पोखरामा हुने  

पोखरा– नेसनल स्पोट्र्स एकेडेमीले पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता

अर्थसंक्षेप : भन्सार-पानी जहाज विधेयक पारित, सहरी विकासमा धेरै बजेटबारे वर्षमानको आशंका र २३ अंकले बढ्यो नेप्से

राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा