नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरू « Khabarhub

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरू


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँ दिल्लीको हैदरावाद हाउसमा सुरू भएको छ ।

तीन दिनसम्म चल्ने उक्त बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, कोभिड उन्नाइस सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि हैदरावाद हाउसमै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा उनीहरुबीच समसायिक राजनीतिक विषयवस्तुको बारेमा छलफल भएको एसियन न्यूज इन्टरनेसनलले जनाएको छ ।

तर, यता भारतले भने सीमासम्बन्धी विषयमा छलफल नगर्ने संकेत गरेको छ । मन्त्री ज्ञवाली भारत पुग्नुभन्दा अगाडि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका थिए, ‘सीमा विवादको बारेमा हाम्रो पोजिसन स्पष्ट छ । जेसीएम (संयुक्त आयोग) र बाउन्ड्री वार्ता दुई पृथक संयन्त्र हुन् ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  २ : २९ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी