कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा « Khabarhub

कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी जनता पार्टी (सजपा) बीच एकता भएको लामो समयपछि कर्णाली प्रदेशमा एकीकृत कमिटी घोषणा गरिएको छ ।

सुर्खेतमा शुक्रबार आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सचिव भक्तबहादुर शाहले साङ्गठनिक एकता घोषणा गरेका हुन् ।

दुई पार्टी एकतापछि पदाधिकारीमा तत्कालीन राजपाका पाँच र समाजवादीका १० सहित १५१ सदस्यीय प्रदेश कमिटी निर्माण गरिएको छ । राजपाले प्रदेश अध्यक्षसहित ४० र समाजवादीले मुख्यसचिवसहित १११ सदस्य पाएका छन् ।

प्रदेश अध्यक्षमा देवीकृष्ण न्यौपाने, उपाध्यक्षमा दिलकुमारी खड्का, प्रेम बोहरा, लाले कुमाल, भरत खत्री, पवित्रराज शर्मा, ऐवीर मिजार, लीला सिजापति, मुख्यसचिवमा चन्द्रा विक, सचिवमा राजेश पुन, छविलाल गौतम, सन्तोषी विक, राजेन्द्र शाही र कोषाध्यक्षमा नगेन्द्रबहादुर शाही चयन भएका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सचिव शाहले आफूहरु वैकल्पिक शक्तिका रूपमा स्थापित हुन पार्टी एकता गरेको बताउँदै संविधानले नेपाली समाजको पहिचानलाई सम्बोधन नगरेकाले त्यसको संशोधन हुन जरुरी रहेको बताए । उनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति प्रणालीमा जाँदा अहिलेको अस्थिरता हट्ने बताए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ९ : ४४ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल