१५ शय्याको नगर अस्पताल सञ्चालनमा « Khabarhub

१५ शय्याको नगर अस्पताल सञ्चालनमा


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको कालिका नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ ।

जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो । वडा नं ६ खोलेसिमलमा नगरप्रमुख खुमनारायण श्रेष्ठले शुक्रबार नगर अस्पतालको उद्घाटन गरे ।

सो अवसरमा उनले अस्पतालको सेवा सञ्चालन भएसँगै उपचारका लागि भरतपुर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

नगरप्रमुख श्रेष्ठले १५ शय्याबाट सुरु भएको कालिका नगर अस्पताललाई छिट्टै २५ शय्याको बनाएर चिकित्सक र अन्य कर्मचारीको दरबन्दी बढाउने बताए ।

“नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ”, उनले भने, “उपकरण र जनशक्तिको व्यवस्थापन नगरपालिकाले गर्नेछ ।”

विसं २०४९ मा स्थापना गरिएको जुटपानी स्वास्थ्यचौकीको २०६३ मा स्तरोन्नति गरी प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको थियो ।

अस्पतालमा स्तरोन्नति भएसँगै कालिका नगर अस्पतालमा अन्य स्वास्थ्य सेवासहित आकस्मिक सेवा, इसिजी सेवा, फार्मेसी सेवा, एक्सरे सेवा, प्रयोगशाला सेवा थप गरिएको छ ।

२४ घण्टा बिरामीलाई भर्ना गरेर उपचार गर्ने व्यवस्थासहित अस्पताल सञ्चालनमा आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए ।

सो अस्पतालमा चार विशेषज्ञ चिकित्सकसहित ३४ स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नेछन् । केही दिनमै प्रयोगशालामा थाइराइडको परीक्षण, भिडियो एक्सरे तथा दन्त सेवा थप सञ्चालन गरिने उनले बताए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १२ : ५९ बजे

आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट

काठमाडौं– सङ्घीय संसद् दुवै सदनको अधिवेशन यही वैशाख २८ गते

अनुमतिबिना यार्सागुम्बा संकलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु– अनुमतिविना यार्सागुम्बा संकलनका लागि गएका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको

यस्ता छन् शुक्रबारको मन्त्रिपरिषद् बैठकका ४ निर्णय 

काठमाडौं– मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संघीय संसद्को संयुक्त बैठक आह्वान

सरकारले १५ जना अवैतनिक दूतहरूलाई पदबाट हटायो

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई

हिरासबाट छुटेपछि शेखर गोल्छा लेख्छन् : अब काममा फर्किएँ

काठमाडौं– व्यवसायी शेखर गोल्छा काममा फर्किएका छन् । धितोपत्र र