एपीएफ आठौं राष्ट्रिय खेलकुदको फाइनलमा « Khabarhub

एपीएफ आठौं राष्ट्रिय खेलकुदको फाइनलमा


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके-आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले फाइनल यात्रा तय गरेको छ एपीएफले प्रदेश नम्बर १ लाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । कोहलपुर क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश नम्बर १ लाई ८ विकेटले पराजित गर्दै एपीएफ फाइनल पुगेको हो ।

टस जीतेर पहिलो ब्याटिङ गरेको प्रदेश १ ले ४९ रन बनाएर अल आउट भएपछि एपीएफले ५० रनको झिनो लक्ष्य पाएको थियो । उक्त लक्ष्य एपीएफले १०.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

एपीएफका लागि शंकर रानाले २३ र प्रदीप ऐरीले १७ रन जोडे । शरद भेषावकर २ र अनिल साहले भने ७ रन बनाए ।

एपीएफविरुद्ध प्रदेश १ का पुष्प थापा र दिपेश कंडेलले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले १६.३ ओभरमा सबै विकेट गुमाएर ४९ रनमात्रै जोड्न सक्यो । प्रदेश १ का लागि अभिनाश थापा र सुन्नी पुनले समान १४ रन बनाउन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

प्रदेश १ का चार खेलाडीले एक रन पनि जोड्न सकेका थिएनन्। प्रदेश १ लाई सस्तैमा समेट्न एपीएफका शरद भेषवाकरले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए। उनी खेलको म्यान अफ द म्याच चुनिए ।

यस्तै, एपीएफका बसन्त रेग्मीले ३ तथा भुवन कार्की र अभिनास बोहोराले समान एक–एक विकेट लिए । एपीएफले अब त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ। उनीहरुबीचको दोस्रो सेमिफाइनल खेल मंगलबार साँझ नै हुनेछ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  १ : २१ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका