आमिर खानले रिजेक्ट गरेका थिए बलिउडका यी सुपरहिट फिल्म ! | Khabarhub Khabarhub

आमिर खानले रिजेक्ट गरेका थिए बलिउडका यी सुपरहिट फिल्म !


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता आमिर खानले आफ्नो करिअरमा कैयन् फिल्म रिजेक्ट गरेका छन् । ती फिल्म पछि सुपरहिट भएका पनि छन् । आउनुस्, ती फिल्मका बारेमा चर्चा गरौंः

नायकः द रियल हिरो

बलिउडको चर्चित फिल्म ‘नायकः द रियल हिरो’ ले अनिल कपूरलाई अलग पहिचान दियो । यो फिल्म शुरुमा आमिर खानलाई अफर भएको थियो ।

उनलाई शिवाजी रावको भूमिकामा प्रस्ताव गरिएको थियो । तर, यो फिल्ममा अभिनय गर्न आमिर राजी भएनन् । पछि अनिल कपूरले अभिनय गरेको यो फिल्मले बक्स अफिसमा धमाल मच्चायो ।

डर

यो फिल्ममा यश चोपडाले अजय देवगनसँग काम गर्न चाहन्थे । उनले नमानेपछि फिल्म आमिरलाई अफर गरियो । उनले पनि यो फिल्ममा अभिनय गर्न मानेनन् ।

पछि उक्त फिल्म शाहरुख खानलाई अफर गरियो । फिल्म बक्स अफिसमा धमाकेदार व्यापार गर्न सफल भयो ।

स्वेदश

आमिर खानले स्वदेश नामक फिल्ममा काम गर्न पनि मानेनन् । यो फिल्ममा पनि आमिरको साटो शाहरुख खानलाई अनुबन्ध गरियो । उक्त फिल्म एकाएक हिट भयो ।

लगान २

आमिर खानले फिल्म ‘लगान’ मा अभिनय गरेका थिए । जसकारण फिल्म हिट भएको थियो । तर, उनले यसको सिक्वेल ‘लगान २’ मा काम गर्न मानेनन् ।

जोश

एक रिपोर्टअनुसार ‘जोश’ फिल्ममा प्रकाशको भूमिकामा आमिर खानलाई अफर गरिएको थियो । आमिरले उक्त शोमा रिजेक्ट गरिएको थियो ।

उक्त फिल्ममा पछि शरद कपूरले काम गरेका थिए ।

साजन

साजनका निर्माताले यो रोमान्टिक फिल्ममा सलमान खान र आमिर खानलाई एकसाथ अभिनय गराउन चाहेका थिए । तर, आमिरलाई आफ्नो भूमिका मन परेन ।

त्यसपछि उक्त भूमिकामा सञ्जय दत्तले काम गरे । यो फिल्म पनि हिट भएको थियो ।

दिल वाले दुल्हनिया ले जाएंगे

शाहरुख खानको करिअरले ‘दिलवाले दुल्हनिया ले जायेंगे’ फिल्मबाट उडान भरेको थियो । यो फिल्म बलिउडको सर्वश्रेष्ठ फिल्ममध्ये एक मानिन्छ ।

एक रिपोर्ट अनुसार फिल्ममा शुरुमा आमिर खानलाई अफर गरिएको थियो । तर आमिरले फिल्ममा काम नगर्ने फैसला गरे ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ३ : १० बजे

नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन प्रचण्डको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज सम्पन्न निःशुल्क आँखा शिविरबाट

जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल

झापा – गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी – जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा