स्वस्तिमा भन्छिन्, ‘पल्पसालाई न्याय गर्छु’ « Khabarhub

स्वस्तिमा भन्छिन्, ‘पल्पसालाई न्याय गर्छु’


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ  पत्रकार तथा लेखक नारायण वाग्लेद्वारा लेखिएको उपन्यास ‘पल्पसा क्याफे’ अब नाटकका रुपमा दर्शकमाझ आउने भएको छ ।

नाटकमा अभिनेत्री स्वस्तिमा खड्काले शीर्ष भूमिका निभाउदैछिन् ।

अभिनेत्री स्वस्तिमाले पल्पसा बन्ने प्रस्ताव आएकाले आफूले स्वीकारेको बताइन् । ‘नाटक गर्न पाए आफ्नो अभिनयको दायरा फराकिलो हुने सोच थियो,’राजधानीमा मंगलबार पत्रकारमाझ उनले भनिन्, ‘पाठकको कल्पनामा रहेकी पल्पसालाई न्याय गर्छु भन्ने लागेको र सोहीअनुसार तयारी गरिरहेको छु ।’

उनले आफूहरु वर्कसपमा व्यस्त रहेको र पाठकको अपेक्षा पूरा हुने गरी आफूले मेहनत गरिरहेको खुलाइन् ।

पत्रकार तथा लेखक वाग्लेले ‘पल्पसा क्याफे’ पहिलो प्रेमपत्र भएकाले दोस्रो प्रेमपत्र लेख्न आवश्यकता नपरेको जिकिर गरे ।

‘पहिलो प्रेमपत्र नै सफल भएपछि दोस्रो लेख्नुपर्ने आवश्यकता ठानिनँ । पहिलो प्रेमपत्र जुन अनेस्टी र इनोसेन्समा लेखिन्छ, त्यो दोस्रोमा हुँदैन’, उनले भने ।

वाग्लेले यसअघि पनि उपन्यास नाटक वा फिल्मका लागि मागिएको भए पनि दिन मन नलागेको खुलाए ।

नाटक निर्देशक विमल सुवेदीको उद्देश्य र शैलीका बारेमा विश्वस्त भएपछि नाट्य रुपान्तरणका लागि अनुमति दिएको उनले जनाए ।

‘मकैको अर्कै खेती’, ‘सान्दाजुको महाभारत’, ‘साबिती’आदि नाटक निर्देशन गरेका सुवेदीले दुई वर्ष अघि एउटा निर्देशक वर्कसपमा द्वन्द्व सम्बन्धी नाटक गरेपछि यही विषयले छोएर पल्पसालाई नाट्य रुपान्तरण गर्न कस्सिएको बताए ।

थिएटर भिलेजले मण्डला थिएटरसँगको सहकार्यमा निर्माण गरिरहेको नाटक आउँदो चैत वा वैशाखमा मञ्चन गर्ने तयारी गरेको छ ।

कास्टिङ निर्देशक तथा सहायक निर्देशक दीलिप रानाभाटले नाटक सातै प्रदेशमा गर्ने योजना रहेको अवगत गराए ।

नाटकमा स्वस्तिमा खड्कासँगै समापिका गौतम, साजनकुमार सुनुवार, जेनी सुनुवार, दीपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राईको अभिनय रहनेछ ।

सुरज सुवेदीले उपन्यासलाई नाटकमा रुपान्तरण गरेका हुन् ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ७ : २५ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित