ईदमा सलमानको ‘राधे’ प्रदर्शन पक्का « Khabarhub

ईदमा सलमानको ‘राधे’ प्रदर्शन पक्का


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता सलमान खानको फिल्म ‘राधे : योर मस्ट वान्टेड भाइ’को रिलिज मितिको विषयलाई लिएर लामो समयदेखि बढिरहेको अन्योलतामा पूर्णविराम लागेको छ ।

सलमानले यसै वर्षको ईदमा फिल्म थिएटरमा रिलिज हुने घोषणा गरेका छन् । गत डिसेम्बर २७ मा आफ्नो जन्मदिनमा सलमानले मौखिक रुपमा यो कुराको जानकारी दिए पनि उनले सामाजिक सन्जालमार्फत एक सूचना जारी गर्दै यसको पुष्टि गरेका हुन् ।

उनले थिएटर सञ्चालकलाई स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने शर्त राखेका छन् ।

‘माफी चाहन्छु । थिएटर मालिकहरुलाई जवाफ दिनमा केही समय लाग्यो । यस्तो अवस्थामा यो निकै ठूलो निर्णय हो । मलाई सम्झन सक्छु कि थिएर मालिक र प्रदर्शक यो समय आर्थिक समस्यामा गुज्रिरहेका छन् । त्यहीकारण राधेलाई थिएटरमा रिलिज गरेर उनीहरुको समस्यालाई कम गर्न चाहन्छु । यसको बदलामा थिएटर मालिक तथा प्रदर्शकले दर्शकको स्वास्थ्यमा ध्यान राख्दै सावधानी अपनाउन आग्रह गर्दछु । प्रतिबद्धता ईदको थियो र २०२१ कै ईद हुनेछ । इन्सा अल्लाह । यो वर्ष इदमा राधेको फाइदा थिएटरमा उठाउनुहोस् ।’ सलमानले ट्वीट गरेका छन् ।

यद्यपि फिल्म रिलिजको तारिख भने खुलाइएको छैन ।  ‘राधेः योर मस्ट वान्टेड भाइ’को निर्देशन प्रभु देवाले गरेका हुन् । एक्सन थ्रिलर फिल्ममा सलमानका अलावा रणदीप हुड्डा, ज्याकी श्राफ र दिशा पाटनी महत्वपूर्ण भूमिकामा छन् ।

सलमानले कोरियन फिल्म ‘द आउटलज’को हिन्दी रिमेक यो फिल्म जी स्टुडियोलाई २ सय ३० करोडमा बेचिसकेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ९ : १२ बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग