ईदमा सलमानको 'राधे' प्रदर्शन पक्का | Khabarhub Khabarhub

ईदमा सलमानको ‘राधे’ प्रदर्शन पक्का


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता सलमान खानको फिल्म ‘राधे : योर मस्ट वान्टेड भाइ’को रिलिज मितिको विषयलाई लिएर लामो समयदेखि बढिरहेको अन्योलतामा पूर्णविराम लागेको छ ।

सलमानले यसै वर्षको ईदमा फिल्म थिएटरमा रिलिज हुने घोषणा गरेका छन् । गत डिसेम्बर २७ मा आफ्नो जन्मदिनमा सलमानले मौखिक रुपमा यो कुराको जानकारी दिए पनि उनले सामाजिक सन्जालमार्फत एक सूचना जारी गर्दै यसको पुष्टि गरेका हुन् ।

उनले थिएटर सञ्चालकलाई स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने शर्त राखेका छन् ।

‘माफी चाहन्छु । थिएटर मालिकहरुलाई जवाफ दिनमा केही समय लाग्यो । यस्तो अवस्थामा यो निकै ठूलो निर्णय हो । मलाई सम्झन सक्छु कि थिएर मालिक र प्रदर्शक यो समय आर्थिक समस्यामा गुज्रिरहेका छन् । त्यहीकारण राधेलाई थिएटरमा रिलिज गरेर उनीहरुको समस्यालाई कम गर्न चाहन्छु । यसको बदलामा थिएटर मालिक तथा प्रदर्शकले दर्शकको स्वास्थ्यमा ध्यान राख्दै सावधानी अपनाउन आग्रह गर्दछु । प्रतिबद्धता ईदको थियो र २०२१ कै ईद हुनेछ । इन्सा अल्लाह । यो वर्ष इदमा राधेको फाइदा थिएटरमा उठाउनुहोस् ।’ सलमानले ट्वीट गरेका छन् ।

यद्यपि फिल्म रिलिजको तारिख भने खुलाइएको छैन ।  ‘राधेः योर मस्ट वान्टेड भाइ’को निर्देशन प्रभु देवाले गरेका हुन् । एक्सन थ्रिलर फिल्ममा सलमानका अलावा रणदीप हुड्डा, ज्याकी श्राफ र दिशा पाटनी महत्वपूर्ण भूमिकामा छन् ।

सलमानले कोरियन फिल्म ‘द आउटलज’को हिन्दी रिमेक यो फिल्म जी स्टुडियोलाई २ सय ३० करोडमा बेचिसकेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ९ : १२ बजे

नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन प्रचण्डको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज सम्पन्न निःशुल्क आँखा शिविरबाट

जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल

झापा – गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी – जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा