बढी मूल्य कायम गरी उपभोक्ता ठग्ने दुई तेल कम्पनीमाथि विभागको कारबाही « Khabarhub

बढी मूल्य कायम गरी उपभोक्ता ठग्ने दुई तेल कम्पनीमाथि विभागको कारबाही


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादन लागतको अनुपातमा बढी मूल्य कायम गरी उपभोक्ता ठग्ने दुई तेल कम्पनीमाथि कारबाही गरेको छ ।

बारा जिल्लास्थित अन्नपूर्ण भेजिटेवल प्रा.लि. र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रा.लि.ले उत्पादन लागतको अनुपातमा बढी मूल्य कायम गरी खाने तेल बिक्री वितरण गरेको पाइएपछि दुबै कम्पनीलाई ३ लाखका दरले जरिवाना गरेको विभागले जनाएको हो ।

विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले उक्त दुई तेल कम्पनीले उपभोक्ता संरक्षण ऐन २०७५को दफा १६ (२) (क) विपरीत खाने तेल बिक्री वितरण गरेको पाइएकोले जरिवाना गरिएको जानकारी दिए ।

‘ऐनको बमोजिम दुबै कम्पनीलाई ३ लाख रुपैयाँका दरले जरिवाना गरिएको छ,’ निर्देशक सेढाईंले भने,’अस्वभाविकरुपमा बढाइएको मूल्यवृद्धि सच्याउन निर्देशन समेत दिइएको छ । निर्देशनको पालना नभएको अवस्थामा कानून बमोजिम थप कारबाही हुनेछ।’

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  १० : ०९ बजे

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ