ओली अझै ‘बयलगाडाकै मनोविज्ञान’मा रहेको नेता पुनको आरोप « Khabarhub

ओली अझै ‘बयलगाडाकै मनोविज्ञान’मा रहेको नेता पुनको आरोप


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान– नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी ओली अझै ‘बयलगाडाकै मनोविज्ञान’मा रहेको आरोप लगाएका छन ।

‘उहाँले नेपालमा गणतन्त्र आउनु बयलगाडा चढेर अमेरिका गएजस्तै कठिन हुने बताउनुभएको थियो’, नेकपा प्रचण्ड–नेपाल पक्षका कायर्यकर्ता भेलालाई प्युठानमा सम्बोधन गर्दै पुनले भने, ‘हामीले उहाँको विचारमा परिवर्तन आयो होला भन्ने विश्वास गर्यौँ, तर उहाँ बयलगाडाकै मनोविज्ञानमा हुनु हुँदोरहेछ ।’

२०६२/६३ को जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा ओलीले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना सम्भव नभएको अभिव्यक्ति दिएको स्मरण गर्दै पुनले तत्कालीन एमालेले गणतन्त्रको लाइन पारित गर्दा ओलीले ‘नोट अफ डिसेन्ट’ नै लेखेको उल्लेख गरे ।

नेता नै मै हुँ भन्ने घमण्ड र अहंकारका कारण ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको नेता पुनले आरोप लगाए ।

ओलीको निरंकुश शैली, व्यक्तिवाद र सन्काहा प्रवृत्तिका कारण एकता जोगाउन नसकिएकामा अप्ठेरो र लज्जित महसुस भएको बताउँदै नेता पुनले ओलीले सत्तामा उक्लने भर्‍याङका रुपमा पार्टी एकता गरेको आरोप समेत लगाए ।

मन्त्रिपरिषदमा ओलीसँग तीन वर्ष सँगै काम गर्दा उनमा फाँसिवादी चरित्र देखेको पुनको टिप्पणी थियो । ओलीमा आलोचना गर्नेलाई सत्रु र समर्थन गर्नेलाई दास ठान्ने प्रवृत्ति हाबी रहेको समेत पुनले आरोप लगाए ।

पुनले ओलीको नेतृत्वमा सानो गुट विचलित भएर बाहिरिए बताए । विचार, विधि, पद्धतिमा चल्ने माधव नेपालको मूल प्रवृत्ति र जनयुद्ध जनआन्दोलनको नेतृत्व गरेका प्रचण्ड रहेको पार्टी नै मुल पार्टी भएको उनो दाबी थियो ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  १० : ३० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग