‘कोभिडविरुद्धको खोपमा सहज पहुँच सुनिश्चित हुनुपर्छ’ « Khabarhub

‘कोभिडविरुद्धको खोपमा सहज पहुँच सुनिश्चित हुनुपर्छ’


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले कोभिड–१९ को महामारीबाट पार पाउन अत्यावश्यक औषधि तथा खरीद गर्न सकिने खोपमा सहज  पहुँच सुनिश्चित गर्नु अपरिहार्य भएकामा जोड दिएको छ ।

एशिया सहयोग संवाद (एशिया कोअपरेशन डाइलग, एसिडी) को ‘नव प्राकृतिक, सुरक्षित एवं स्वस्थ पर्यटन’ विषयमा टर्कीको राजधानी अङ्कारामा आज भएको १७ औँ मन्त्रिस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा एसिडीका सदस्य राष्ट्र र निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानबीच सघन सहयोग एवं साझेदारी अपरिहार्य भएको बताए ।

पर्यटन क्षेत्रसहित अर्थतन्त्र, जनजीविका र जीवनचक्रका सबै पक्षलाई कोभिड–१९ अघिको अवस्थामा फर्काउन सदस्य मुलुकबीच त्यस्तो साझेदारी एवं सहयोग अत्यावश्यक भएको उनको कथन थियो ।

भोक र रोगबाट आफ्ना नागरिकको जीवन रक्षा गर्नु नेपाल सरकारको उच्च प्राथमिकता भएको बताउँदै परराष्ट्रमन्त्रीले अर्थतन्त्रलाई गतिशील तुल्याउने तथा रोजगारीका अवसर गुम्न नदिन पर्यटनसँग सम्बन्धित गतिविधिमा स्वास्थ्यसुरक्षासम्बन्धी सबै नियम इमान्दारीपूर्वक कार्यान्वयन गरिएको जानकारी दिए ।

पूर्वाधार विकास तथा तिनको गुणस्तर सुधार एसिडी क्षेत्रका सबै किसिमका सम्पर्क सञ्जालका निम्ति महत्वपूर्ण छन् भन्दै उनले नेपाजस्तो भूपरिवेष्टित देशका लागि अविकासको खाडल पुर्न तथा न्यायोचित एवं समावेशी विकासका निम्ति त्यस्ता पूर्वाधारको खाँचो रहेको बताए ।

एशियाली देशहरुको शान्ति, स्थायित्वका साथै साझा विकास र समृद्धिका लागि सदस्य राष्ट्रहरूबीच आपसी विश्वास, समझदारी, सहयोग र सहकार्य अझ घनिभूत हुनुपर्नेमा मन्त्री ज्ञवालीले जोड दिनुभयो । एसिडीको वर्तमान अध्यक्ष राष्ट्र टर्कीले उक्त बैठक आयोजना गरेको हो ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ८ : ११ बजे

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः

डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

चितवन– डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय