गङ्गामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न आग्रह « Khabarhub

गङ्गामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न आग्रह


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्यायप्राप्तिको हक सुनिश्चित गर्दै जीवनरक्षा तथा उचित बसोबासको व्यवस्थापन गरी जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा गङ्गामायासँग यसअघि सरकारले गरेका सम्झौताको पालना गर्न आयोगले सरकारसँग पुनःआग्रह गरेको छ । आयोगले आमरण अनशन जस्तो जोखिमयुक्त बाटो नरोज्न अनशनरत अधिकारीलाई आग्रह गरेको छ ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानूनी कारवाहीको माग गर्दै लामो समयदेखि अनशनरत अधिकारीको स्वास्थ्यस्थितिका सम्बन्धमा आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।

आयोगको वाग्मती प्रदेश कार्यालयले उनको जीवनरक्षा, स्वास्थ्योपचार तथा उचित बसोबासको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वीर अस्पताललाई पत्राचार गरेको छ ।

पछिल्लो पटक गत पुस ६ गतेदेखि आमरण अनशनमा बसेकी अधिकारीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार गरिरहेको भए तापनि उनको स्वास्थ अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको पाइएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ८ : ४४ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग