कुवेतले बिदेशी कामदारलाई सिभिल आईडीको सट्टा रेसिडेन्सी कार्ड दिने « Khabarhub

कुवेतले बिदेशी कामदारलाई सिभिल आईडीको सट्टा रेसिडेन्सी कार्ड दिने


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतले बिदेशी कामदारलाई सिभिल आईडीको सट्टा अब रेसिडेन्सी कार्ड दिने भएको छ ।

कुवेतको आन्तरिक मन्त्रालयले धेरै अध्ययनको आधारमा सिभिल आईडी रद्द गरेर बिदेशी कामदारहरुलाई रेसिडेन्सी कार्ड दिन लागेको हो । कुवेत सरकारको नयाँ नीति अनुसार अब कुवेती नागरिकहरुलाई मात्र सिभिल कार्ड दिइनेछ ।

मन्त्रालयका अनुसार रेसिडेन्सी मामिलाहरूले कुवेतमा हुने बिदेशी कामदारहरुका लागि विशेष चुम्बकीय कार्ड जारी गर्ने लक्ष्य राखिको छ । जसमा उनीहरुको सबै डाटा समावेश हुनेछ ।

स्थायी रूपमा कुवेत छोड्ने वा आफ्नो भिसा रद्द गर्नेहरुले सिभिल आईडी कार्डको दुरूपयोग गर्न सक्ने भन्दै नयाँ व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

रेसिडेन्सी मामिलाले जारी गर्ने रेसिडेन्स कार्ड देशका बासिन्दाहरूको उपस्थितिसँग जोडिनेछ । बिदेशीले कुवेत स्थायी रूपमा छोड्दा भने यो तुरुन्त रद्द हुनेछ ।

यस्तै, कुवेतमा कार्यरत १ लाख ८० हजार आप्रवासी कामदारहरुको भिसा समाप्त भएको छ ।

कुवेतले गैरकानूनी रुपमा बसेका नेपालीसहित बिदेशी कामदारहरुलाई रेसिडेन्सी बिभागमा गएर जरिवाना तिरेर बैधानिक हुन वा जनवरी ३१ तारिख भित्रमा मुलुक छोड्न भनेको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ८ : ५५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु