रुघा लाग्यो ? यसरी गर्नुहोस् घरेलु विधिबाट उपचार | Khabarhub Khabarhub

रुघा लाग्यो ? यसरी गर्नुहोस् घरेलु विधिबाट उपचार


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिसो हावा, चिसो पानी, फ्रिजको चिसो पद्धार्थ एवं कफजन्य चिसो खाद्य पदार्थहरु ग्रहण गरेका कारणले नाकमा श्वास आएर रोकिन्छ ।

यदि यसको उपचार गरिएन भने यो बढेर नाकबाट गाढा या पातलो पानी झर्न थाल्दछ, त्यसैलाई नै रुघा भन्दछन् । रुघालाई देखेर नै चिन्न सकिन्छ ।

यसरी गर्नुस् घरेलु उपचार

– कालो मरीच, सखर र दहीलाई मिलाएर खानाले बन्द नाकको श्वास खुल्दछ ।

– उमालेर आधा भएको पानी राती सुत्ने समयमा दैनिक पिउनाले फाइदा हुन्छ ।

– सुठो, कूट, पिप्पली, बेलको गुदी र अंगुरको पानी उमालेर एक चौथाइ पार्नुहोस् । त्यसलाई छानेर त्यसमा त्यति नै सर्सिउँको तेल हालेर उमाल्नुहोस् । पानी घटेपछि त्यसलाई चिसो पारेर नाकमा हाल्नाले हाच्छयूँ आउन बन्द हुन्छ ।

– दूधमा जायफल, अदुवा एवं केसर हालेर उमाल्नुहोस् । उमालेर आधा भएपछि त्यसलाई पिउनाले रुघा ठिक हुन्छ ।

– सानो एवं कालो मरीचको चूर्ण महसँग चाट्नाले रुघाबाट राहत मिल्दछ ।

– पानको स्वरसमा ल्वाङ एवं अदुवाको रस मिलाएर महसँग पिउनाले रुघा ठीक हुन्छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ५ : ५५ बजे

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

आज २०८२ साल कात्तिक ४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ