दुई गैँडा मरे « Khabarhub

दुई गैँडा मरे


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-  चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन् ।

निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा अर्को भाले गैँडा मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्ना राखिएको क्षेत्र नजिकै बुधबार एक वर्ष छ महिनाको भाले बच्चा मृतावस्थामा फेला परेको हो ।

सो बच्चाको शरीरमा कुनै घाउचोट नभएकाले चिसोका कारण मरेको अनुमान गरिएको उनले जानकारी दिए ।

चिकित्सकले मृत्युको कारण खोजी गरिरहेको निकुञ्जले जनाएको छ । गत महिना नवलपरासी क्षेत्रमा यस्तै ढङ्गबाट तीन महिनाको गैँडाको बच्चा मृतावस्थामा फेला परेको थियो ।

यस्तै बिहीबार दिउँसो निकुञ्जको बेलशहरघाट क्षेत्रमा एउटा गैँडा मृतावस्थामा फेला परेको छ । तीस वर्षको भाले गैँडा प्राकृतिक कारणले मरेको अधिकारीले जानकारी दिए ।

मृतावस्थामा भेटिएका दुवै गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । साउनयता निकुञ्जमा यससँगै २२ गैँडा मरेका छन् । तीमध्ये चार चोरी शिकारबाट मरेको निकुञ्जले जनाएको छ । शिकारी सक्रिय भएपछि पछिल्लो समय निकुञ्जमा गस्ती बढाइएको छ । गत वर्ष २६ गैँडा प्राकृतिक कारणले मरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १० : ५५ बजे

महामन्त्रीको दौडबाट जगदीश खरेल पनि पछि हटे, अब आठ जना प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले

महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको