भारतीय भजन सम्राट नरेन्द्र चञ्चलको निधन « Khabarhub

भारतीय भजन सम्राट नरेन्द्र चञ्चलको निधन


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय भजन सम्राट नरेन्द्र चञ्चलको नयाँदिल्लीको अपोलो अस्पतालमा निधन भएको छ । उनी ८० वर्षका थिए । नरेन्द्र विगत तीन महिनादेखि अस्वस्थ थिए । बिरामी परेपछि उनको अस्पतालमा उपचार भइरहेको थियो ।

उनले स्वर दिएका कैयौं भजन प्रख्यात छन् । साथै उनले हिन्दी फिल्ममा समेत स्वर दिएका छन् ।

उनको लोकप्रियता शास्त्रीय संगीतसँगै लोक संगीतमा पनि थियो । उनले बाल्यकालदेखि नै आमा कैलाशवतीले मातारानीको भजन गाउँदै गरेको देखेका थिए । त्यहीकारण उनको रुची गायकीमा बढ्यो । उनको बदमासी स्वभाव र चञ्चल बानीका कारण उनलाई शिक्षकले ‘चञ्चल’ भनेर बोलाउँथे । त्यसपछि उनले आफ्नो नाममा सदैव चञ्चल जोडे ।

उनले राज कपूरको फिल्म ‘बबी’मा ‘बेशक मन्दिर मस्जिद तोडो’ गाएका थिए । यो गीत आज पनि मानिसको जिब्रोमा झुण्डिएको छ । फिल्म ‘आशा’मा उनले गाएको माता भजन ‘चलो बुलावा आया है’ले उनलाई रातारात लोकप्रिय बनाएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ३ : २० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग