धादिङको नौबिसे केन्द्र भएर ५.२ म्याग्नेच्यूटको भूकम्प « Khabarhub

धादिङको नौबिसे केन्द्र भएर ५.२ म्याग्नेच्यूटको भूकम्प


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का महशुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सिनाका अनुसार धादिङको नौबिसे केन्द्र भएर बिहान ६ बजेर २९ मिनेटमा ५.२ म्याग्नेच्युटको भूकम्प गएको छ । त्यसको १० मिनेटपछि सोही ठाउँमा केन्द्र बनाएर ४.३ म्याग्नेच्यूटको भूकम्प गएको छ ।

भूकम्पको धक्का महशुस भएपछि अहिले सामाजिक सञ्जालमा भूकम्पले २०७२ सालको वैशाख सम्झाएको, वैशाख १२ आउनुअघि नै सूचना दिएको लगायतका स्टाटस लेखिएका छन् ।

दोहोरिएर कम्पन आएपछि उपत्यकाबासी त्रसित भएका छन् । घरमा रहेका सर्वसाधारण पनि घर बाहिर निस्किएका छन् भने अहिले सर्वसाधारणहरु खुल्ला ठाउँ नजिक जान थालेका छन् ।

पहिलो कम्पनको १० मिनेटपछि अर्को कम्पन आएपछि केही त्रास सिर्जना भएको छ ।

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले सामाजिक सञ्जालमार्फत धादिङको नौबिसे केन्द्र भएर ५.२ म्याग्नेच्यूटको भूकम्प गएको जनाएको छ ।

यो भूकम्प पनि २०७२ वैशाख १२ को परकम्प भएको तिम्सिनाले बताए। वैशाख १२ देखि हालसम्म चार रेक्टर स्केलभन्दा बढीका ५ सय भन्दा बढी भूकम्पको परकम्प गइसकेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ६ : ४१ बजे

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट – बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९