तपाईंका ७ गल्तीले हुन्छ मधुमेह | Khabarhub Khabarhub

तपाईंका ७ गल्तीले हुन्छ मधुमेह


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले धेरै मानिसमा चिनी रोग अर्थात मधुमेह सामान्य झै बनसकेको छ । मधुमेह वयस्कदेखि युवा उमेरसम्मका मानिसमा देखा पर्ने गरेको छ । मधुमेह मूख्यतः मेटाबोलिज्मको बिकारको कारणले हुने गर्दछ ।

किन हुन्छ मधुमेह ?
मोटाबोलिज्म एक यस्तो प्रकिया हो, जसले शरीरमा खानेकुरालाई उर्जामा परिवर्तन गर्दछ । सोहि उर्जा हाम्रो शरीर सञ्चालन र दैनिक कार्यमा उपयोग हुन्छ । यसले शारीरिक बृद्धि, प्रतिरोधात्मक क्षमता र प्रजननका लागि विशेष सहयोग गर्दछ ।

हामीले खाएको खानेकुरा पेटमा पुगेपछि इन्धनमा रुपान्तरण हुन्छ, जसलाई ग्लुकोज भनिन्छ । यो रक्त कोशिकाको माध्यामबाट शरीरको लाखौं कोशिकामा पुग्दछ र उर्जाको रुपमा प्रयोग हुन्छ ।

हाम्रो शरीरमा पेटको पछिल्तिर एक ग्रन्थी हुन्छ, जसले इन्सुलिन उत्पादन गर्छ । त्यसैले ग्लोकोजलाई शरीरको कोशिकामा पुर्‍याउँछ । यदि उक्त ग्रन्थीले इन्सुलिन उत्पादन गर्न छाड्यो वा कम उत्पादन गर्न थाल्यो भने, त्यही अवस्थामा मधुमेह भएको भनिन्छ ।

यसरी ग्लुकोज उत्पादन भएपनि त्यो उर्जामा परिवर्तन हुँदैन । मधुमेह हुनुमा आफ्नो जीवनशैली, खानपानलगातका कारणले हुने गर्दछ । यस्तोमा दैनिक जीवनमा गरिने कतिपय गल्तीले मधुमेह हुने गर्दछ । के हुन् यस्ता गल्ती ?

१. खाजा नखानु
कतिपय मानिसहरु बिहान वा दिउँसो खाजा खादैनन् । यसरी अबेरसम्म भोको बस्दा शरीरमा इन्सुलिनको स्तर नियन्त्रण हुँदैन र ब्लड सुगरको स्तर नियन्त्रण हुन ग्राहो हुन्छ ।

२. अबेर खाना खानु
बेलुकी अबेरसम्म खाना नखाने र खाना खाए लगत्तै सुत्नाले तौल बढ्छ । यस्तोमा पनि ब्लड सुगरको सन्तुलन बिग्रन्छ र मधुमेहको खतरा बढ्दछ ।

३. चिनीजन्य खाद्य
चिनीजन्य खाद्य पदार्थ र पेयमा चिनीको मात्रा बढि हुन्छ । जसले शरीरमा क्यालोरी बढाउँछ । यसबाट तौल बढ्दछ र मधुमेहको खतरा हुन्छ ।

४. अस्वस्थ्यकर खाना
आफ्नो दैनिक खानामा सन्तुलित र स्वस्थ्य खाना नखाएमा पौष्टिकताको अभावमा पनि मधुमेह हुन्छ । तसर्थ नियमित रुपमा गेडागुडी, ड्राइ फुट्स, हरियो सब्जी खानु पर्दछ ।

५. स्न्याक्सको सेवन
कतिपय मानिसहरु दैनिक रुपमा अत्यधिक मात्रामा स्न्याक्स खाने गर्दछन् । यस्तोमा धेरै क्यालोरीयुक्त स्न्याक्सको सेवनले शरीरमा बोसो बढाउँछ र मधुमेह निम्त्याउँछ ।

६. अत्यधिक आराम
प्रायः शहरी क्षेत्रमा र कार्यालयको काम गर्नेहरु खाना खाइसके लगत्तै घण्टौ आराम गर्दछन् । तर श्रमबिना लामो समय आराम गर्दा शरीरमा बोसोको बढ्छ र मधुमेहको खतरा हुन्छ ।

७. सलाद नखाने
खानामा सलादको मात्रा समावेश गर्नु पर्दछ । सलादमा फाइबरको मात्रा हुन्छ । यसले शरीरमा ब्लड शुगरको स्तर नियन्त्रण गर्दछ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ५ : ४५ बजे

देउवाले १० महिनापछि बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक 

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले

महासचिव पोखरेलको गृहजिल्लाबाट एकसाथ ७० नेता-कार्यकर्ताले छाडे एमाले

दाङ- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङबाट ७०

बडीमालिकामा समृद्धि बहस : योजना सङ्कलन गर्न वडावडामा सुनुवाइ

धनगढी – स्थानीय तहमा यतिबेला योजना निर्माण, कार्यान्वयन र बील

हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले हवाई सुरक्षाका निम्ति सरकारको ध्यानाकर्षण गराएका छन्

अदालतमा अनुपस्थित भएपछि मिश्र र राणाविरुद्ध जारी गरिँदै पक्राउ पुर्जी

काठमाडौं– गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको आन्दोलनमा