प्रदेश नं २: आठ जिल्लामा एकैसाथ कोरोना विरुद्धको खोप अभियान « Khabarhub

प्रदेश नं २: आठ जिल्लामा एकैसाथ कोरोना विरुद्धको खोप अभियान


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोना विरुद्धको खोप अभियान शुरु गर्ने निर्णय भएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ ।

खोप अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जस्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट शुभारम्भ गर्ने स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए ।

प्रदेश नं– २ मा खोप अभियान सञ्चालनका लागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु माघ १३ गतेसम्म सबै जिल्लास्थित स्टोरमा पुर्‍याइने निर्देशक झाले बताए ।

पहिलो चरणमा कोरोना महामारीविरुद्ध अग्र मोर्चामा खटिरहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ३ : २५ बजे

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको म्याग्दीको दोभान

म्याग्दी– वरपर भिरालो पाखा । पाखाभरी जङ्गल । जङ्गलको पूर्व

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल वैशाख २६ गते शनिबार । जेठ कृष्ण

आज २०८३ साल वैशाख २६ गते शनिबारको राशिफल

काठमाडौँ– आज २०८३ साल वैशाख २६ गते शनिबार । जेठ

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर