५५ लाख रुपैयाँ लगानीमा कुवेतमा खुल्यो नेपाली म:म हाउस « Khabarhub

५५ लाख रुपैयाँ लगानीमा कुवेतमा खुल्यो नेपाली म:म हाउस


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

फर्वानिया– वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका नेपाली युवाहरुले कुवेतको फर्वानियास्थित अल अरबेत प्लाजाको ग्रान्ड हाइपर मार्केट भित्र नेपाली म:म हाउस नामक रेस्टुरेन्ट सञ्चालन गरेका छन् ।

विगत लामो समयदेखि कुवेतमा रहेर थुप्रै व्यावसायिक अनुभव बटुलिसकेका तीन नेपाली युवा अमृत तामाङ(पोखरा), सन्तोष तामाङ(मोरङ) र सुमन लिम्बु (काठमाडौँ)को सयुक्त लगानीमा नेपाली म:म हाउस सञ्चालनमा ल्याइएको हो।

म:म हाउसको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भन्डारीले दिप प्रज्वलन गर्दै रिबन तथा केक काटेर उद्घाटन गरेको सञ्चालक मध्येका एक अमृत तामाङले खबरहबलाई जानकारी दिए ।

उद्घाटन समारोहमा एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, आइसीसी सदस्य अमीत चाम्लिङ राई, महासचिव दिलकुमार पाख्रीन, आदिवासी जनजाती महासंघ कुवेतका महासचिव मन्जित राई, तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा, चितवन सेवा समाजका अध्यक्ष नवीन लोप्चनलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

No description available.

नेपाली ५५ लाख रुपैयाँ बढीको लागतमा नेपाली म:म हाउस सञ्चालनमा ल्याईएको सञ्चालक तामाङले बताए । नेपाली समुदायलाई लक्षित गरेर खोलिएको उक्त म:म हाउसमार्फत नेपाली स्वाद लिन चाहने सबैलाई अधिकतम सेवा सुबिधा दिने उनले बताए ।

फर्वानिय एरियामा बस्ने नेपालीहरुको लागि पायक पर्ने ठाउँमा रहेको म:म हाउस अन्य ठाउँबाट आउनलाई पनि यातायातको राम्रो सुबिधा रहेको उनले बताए ।

योसँगै उनीहरुले अन्य ब्यवसाय पनि सञ्चालन गरिरहेका छन् भने धेरै नेपाली कामदारलाई प्रत्यक्ष रोजगारी समेत दिएका छन् । पछिल्लो समयमा रोजगारको लागि कुवेत पुगेर व्यापार व्यावसाय गर्ने नेपाली युवाहरुको सङ्ख्या बढ्दो छ । कुवेतमा विभिन्न पेशा गरि करिव ७० हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ८ : ०० बजे

सात घण्टा केरकारको भोलिपल्टै सचिव कृष्णहरि पुस्कर जगेडामा

काठमाडौं – उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुस्करलाई मन्त्रिपरिषद् तथा

६ सय बाँदर मारेको अभिव्यक्तिपछि सांसद धुर्वराज राईविरुद्ध प्रहरीमा जाहेरी

भोजपुर – प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका सांसद धुर्वराज

भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री

होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ?

काठमाडौं– उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित बनेका