पर्वतमा साढे सात हजार मतदाता थप | Khabarhub Khabarhub

पर्वतमा साढे सात हजार मतदाता थप


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनको तयारी पर्वतमा पनि थालिएको छ । निर्वाचन आउन तीन महिना बाँकी रहँदा जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ । जसअन्तर्गत स्थानीय राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगको छलफललाई निरन्तरता दिइएको छ ।

निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनमा २०७७ साल पुस ५ गतेसम्म मतदाता नामावलीमा विवरण टिपाएका १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने भएका छन् । पर्वतमा पुस ५ गतेसम्मको तथ्याङ्कमा एक लाख १४ हजार ८२१ मतदाता सूचीकरण भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिइन ।

यसअघि २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एक लाख सात हजार ३०० मतदाता थिए । आगामी निर्वाचनमा अघिल्लो पटकभन्दा सात हजार ५२१ मतदाता थपिएको शर्माले बताइन । जसमध्ये महिला ५९ हजार ६८ र पुरुष ५५ हजार ७५३ छन् । निर्वाचनको तयारीस्वरुप यही माघ १५ देखि २१ गतेसम्म मतदाता नामावलीमा दाबी विरोधलाई समय निर्धारण गरेको छ ।

जिल्लाका सातै स्थानीय तहका केन्द्रमा पुगेर मतदाता नामावलीमा कुनै त्रुटि भए सच्च्याउन, बसाइँसराइ, मृत्यु वा अन्य कुनै कारण भए उजूरी दिन सकिने निर्वाचन अधिकारी शर्माले बताइन । कार्यालयले सबै स्थानीय तहमा नाम दर्ता अधिकारी खटाइसकेको छ ।

त्यसैगरी आगामी निर्वाचनमा १४४ मतदान केन्द्र रहने भएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा ७४ मतदानस्थलमा १३९ केन्द्र रहेकामा यस पटकको निर्वाचनमा एक मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लास्तरीय मतदान केन्द्र सिफारिस समितिको निर्णयअनुसार एउटा केन्द्र थप्ने निर्णय भएको हो ।

चुनाव नियमित प्रक्रिया भएकाले निर्वाचन आयोग र मातहतका कार्यालय सधैँ आवश्यक तयारीमै हुने शर्माको भनाइ छ । मुख्य काम निर्वाचनको एक महिनाअघि देखि शुरु हुने भए पनि अन्य स्रोतसाधनको आङ्कलन, मतदाता नामावली र मतदानस्थलको व्यवस्थापन नियमित प्रक्रिया भएकाले तयारी अवस्थामै रहेको उनको भनाइ थियो । प्रतिनिधिसभा निर्वाचनका लागि पर्वतमा एक निर्वाचन क्षेत्र छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ४ : २८ बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार