संसद विघटनको निर्णयले देश संकटतर्फ धकेलियो : नेता कोइराला | Khabarhub Khabarhub

संसद विघटनको निर्णयले देश संकटतर्फ धकेलियो : नेता कोइराला


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयले देशलाई संकटतर्फ धकेलिएको बताएका छन ।

नेपाल महिला संघ सर्लाही क्षेत्र नं ३ ले हरिवनमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उदघाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले संसद विघटन गरेर ओली ‘सर्वसत्तावाद’तर्फ अघि बढेको आरोप लगाए ।

सम्बोधनकै क्रममा नेता कोइरालाले ओलो सरकारले ‘साइबर सेना’को दम्भ देखाएर जनतालाई त्रास देखाउने काम गरेको बताए । उनले भने,‘यो सरकारले साइबर सेना लगाएर अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने र नागरिकहरूलाई धम्क्याउने काम गरेको छ ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु डिना उपाध्याय, दिपक गिरी, रामकृष्ण यादव, सरिता प्रसाईं र जंगीलाल यादव लगायलते ओलीको कदम असंवैधानिक रहेको बताएका थिए ।

 

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  १० : ३९ बजे

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल-२०२५ आयोजना गरिने

काठमाडौं– नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौं उपत्यकाका

अब फोन गरेरै बाढीसम्बन्धी पूर्व सूचना दिइने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्व सूचनालाई थप

फेसबुकमा ‘मेयरका दुई/ तीनवटी श्रीमती…’ लेखेपछि शिक्षकको सरुवा

सुनसरी – फेसबुक स्टाटस लेखेकै आधारमा सुनसरीको वराहक्षेत्र नगरपालिका-८ स्थित

एक महिनामा १ अर्ब ४० करोड बढीको शेयर धितो कर्जा जारी 

काठमाडौं– एक महिनामा मात्र १ अर्ब ४० करोड बढीको शेयर

धवलशम्शेरले भने- कुनै हालतमा राप्रपालाई फुट्न दिनु हुँदैन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनलाई