प्रदेश नं ३ प्रदेशसभा बैठक आह्वान « Khabarhub

प्रदेश नं ३ प्रदेशसभा बैठक आह्वान


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– प्रदेश नं ३ प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको चौथो अधिवेशन बैठक यही वैशाख ३० गते सोमबार दिनको १ बजे बस्ने गरी आह्वान गरेकाी छिन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमको अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सिफारिस गरी पठाएअनुसार उनले सो आह्वान गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेशसभाको तेस्रो बैठक गत १० गते राति १२ बजे अन्त्य गरिएको थियो ।

कार्यवाहक मुख्यमन्त्रीमा जम्कट्टेल

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण टोलीमा आज चीनतर्फ प्रस्थान गरेपछि उनले सम्हाली आएको मुख्यमन्त्री र भौतिक योजना तथा पूर्वाधारमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानूनमन्त्री सालिकराम जम्कट्टेललाई तोक्न प्रदेश प्रमुखलाई सिफारिस गरी पठाएकोले आजैदेखि प्रदेश प्रमुख अनुराधा कोइरालाले मन्त्री जम्कट्टेललाई कार्यवाहक मुख्यमन्त्री तोक्नुभएको उनको सचिवालयले जनाएको छ ।

यसैगरी, उद्योग, पर्यटन वन तथा वातावरणको तर्फबाट प्रदेश नं ३ को प्रदेशसभा सचिवालयमा प्रदेशमा जलचरको संरक्षण गर्न बनेको विधेयक २०७६ लाई आज दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ३ : २७ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।