प्रदीपलाई लिएर ‘प्रेम गीत ३’ निर्माणको घोषणा, यो मितिमा रिलिज हुने « Khabarhub

प्रदीपलाई लिएर ‘प्रेम गीत ३’ निर्माणको घोषणा, यो मितिमा रिलिज हुने


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘प्रेम गीत ३’ निर्माणको घोषणा गरिएको छ । फिल्मका निर्माता सन्तोष सेनले यस वर्षको चैत २८ गतेलाई रिलिज तोक्दै फिल्म निर्माणको घोषणा गरे ।

नयाँ वर्षको अवसर पारेर यो फिल्म रिलिज हुनेछ । निर्माता सन्तोष सेन र छेतेन गुरुङले सयुंक्त रुपमा फिल्मको निर्देशन गर्नेछन् ।

निर्माता सन्तोष सेनका अनुसार यो फिल्मको छायांकनको लोकेशन र पनि फाइनल भइसकेको बताइएको छ । फिल्मबारे थप जानकारी छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी दिइनेछ ।

यसअघि सोही नामका दुई फिल्म ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ व्यावसायिक रुपमा सफल भएका थिए । दुवै चलचित्रमा प्रदीप खड्का मुख्य अभिनेतामा थिए भने ‘प्रेम गीत’ मा प्रदीपको जोडी पूजा शर्मासँग थियो । यस्तै ‘प्रेम गीत २’ मा प्रदीपले अश्लेषा ठकुरीसँग रोमान्स गरेका थिए ।

‘प्रेम गीत ३’ मा प्रदीप खड्का दोहोरिने पक्का भए पनि निर्माण टिमले आधिकारिक घोषणा गरेको छैन ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ३ : ४५ बजे

ओलीलाई सुब्बाले भने : एमाले कुनै व्यक्तिको निजी कम्पनी होइन

काठमाडौं – नेकपा एमालेभित्र नेतृत्वबारे गम्भीर बहस चर्किएको छ। पार्टीको

पृथ्वी र विष्णुको कुरा सुनेर केपी ओली ट्वाँ

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई दरिलो

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन