यी ६ सेलिब्रेटीसँग छ करोडौंको कार, सञ्जय र अमिताभ भन्दा महँगो गाडी चढ्छिन् प्रियंका « Khabarhub

यी ६ सेलिब्रेटीसँग छ करोडौंको कार, सञ्जय र अमिताभ भन्दा महँगो गाडी चढ्छिन् प्रियंका


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका कयौं स्टार छन् जसले नाम र दाम धेरै कमाएका छन् ।

धेरै दाम कमाएका कारण उनीहरुको जीवनशैली र उनीहरुले प्रयोग गर्ने सामान पनि महंगा हुने गरेका छन् ।

उनीहरुले लगाउने कपडादेखि लिएर हिरोइनहरुले प्रयोग गर्ने व्यागसम्म पनि लाखौं मूल्यको हुने गरेको समाचार भारतीय सञ्चारमाध्यमहरु आउने गरेका छन् । यसै क्रममा भारतीय सेलिब्रेटीहरुले प्रयोग गर्ने महँगा कारहरुको बारेमा पनि भारतीय सञ्चारमाध्यमहरुमा बेलाबेलामा समाचारहरु प्रकाशन हुने गरका छन् ।

महंगा कार चढ्ने यो लिस्टमा सञ्यज दत्त देखि लिएर अमिताभ बच्चनसम्मको नाम छ । हालसालै दुई स्टारले महँगो कार किनेका छन् । आज हामी तपाईलाई बलिउडका स्टारहरुका बारेमा बताउँन गइरहेका छौं जसले विलाशी कार चढ्छन् ।

सञ्जय दत्त– सञ्जय दत्त हालसालै एक नयाँ रेन्ज रोबर गाडी किनेका छन् । सञ्जयले रेन्ज रोबर एल डव्ल्यू बी एसइ किनेका छन् । यो डिजेलवाला कारको मूल्य २.३३ करोड हो । आफ्नो कारको तस्वीर सञ्जयले इन्स्टाग्राममा राखेका छन् ।

यी बाहेक सञ्जय दत्तसँग अरु धेरै कारहरु छन् ।

अमिताभ बच्चनले केही दिन पहिला मर्सिडिज बेन्ज भी क्लास किनेका थिए । यो गाडी भारतमा लञ्च भएको सबैभन्दा महंगो एमपीवी कार मध्ये एक हो । जसको मूल्य भारतीय रुपैयाँ ६८ लाख रहेको जनाइएको छ ।

प्रियंका चोपडा पनि कारकी शोखिन हुन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बलिउडकी उनी एक मात्र अभिनेत्री हुन् जोसँग रोयल रोयस रहेको छ । यसका साथ प्रियंकासँग अरु कार पनि रहेको छ । जसको मूल्य ५ करोड २५ लाख रहेको छ । हालसालै प्रियंकाले निकसँग विवाह गरेपछि उनलाई पनि कार उपहार दिएकी थिइन् । उनले निकलाई दिएको मर्सिडिज कारको मूल्य भारतमा १० करोड ५० लाख भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कटरीना कैफ पनि कारको शोखिन हुन् । कटरीनासँग कयौं गाडीहरु छन् तर हालसालै उनले एक गाडी किनेकी छिन् जसको मूल्य ४९ देखि ६५ लाख रहेको बताइएको छ ।

सलमान खानपनि विलासी गाडीका शोखिन हुन् । हालसालै उनले १ करोड ८७ लाखको कार किनेका छन् ।
विलाशी गाडी किन्ने व्यक्तिमा वरुढा धवन पनि पर्छन् । उनीसँग पनि महँगो गाडी रहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ४ : ०७ बजे

राष्ट्रियसभामा दलका नेताहरूले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने तय

राष्ट्रिय सभाको बैठकलाई दलका नेताहरूले सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रिय सभाको सोमबार बस्न लागेको बजेट अधिवेशनको पहिलो बैठकमा

लेबनानमा इजरायली सैनिकमाथि आक्रमण, कम्तीमा एकजना मारिए

बेरूत- लेबनानस्थित विद्रोही संगठन हिजबुल्लाहले दक्षिणी लेबनानमा इजरायली सैनिकमाथि हमला

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जनाको डायलासिस

काठमाडौं– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकैदिन १५६ जना