यी ६ सेलिब्रेटीसँग छ करोडौंको कार, सञ्जय र अमिताभ भन्दा महँगो गाडी चढ्छिन् प्रियंका | Khabarhub Khabarhub

यी ६ सेलिब्रेटीसँग छ करोडौंको कार, सञ्जय र अमिताभ भन्दा महँगो गाडी चढ्छिन् प्रियंका


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका कयौं स्टार छन् जसले नाम र दाम धेरै कमाएका छन् ।

धेरै दाम कमाएका कारण उनीहरुको जीवनशैली र उनीहरुले प्रयोग गर्ने सामान पनि महंगा हुने गरेका छन् ।

उनीहरुले लगाउने कपडादेखि लिएर हिरोइनहरुले प्रयोग गर्ने व्यागसम्म पनि लाखौं मूल्यको हुने गरेको समाचार भारतीय सञ्चारमाध्यमहरु आउने गरेका छन् । यसै क्रममा भारतीय सेलिब्रेटीहरुले प्रयोग गर्ने महँगा कारहरुको बारेमा पनि भारतीय सञ्चारमाध्यमहरुमा बेलाबेलामा समाचारहरु प्रकाशन हुने गरका छन् ।

महंगा कार चढ्ने यो लिस्टमा सञ्यज दत्त देखि लिएर अमिताभ बच्चनसम्मको नाम छ । हालसालै दुई स्टारले महँगो कार किनेका छन् । आज हामी तपाईलाई बलिउडका स्टारहरुका बारेमा बताउँन गइरहेका छौं जसले विलाशी कार चढ्छन् ।

सञ्जय दत्त– सञ्जय दत्त हालसालै एक नयाँ रेन्ज रोबर गाडी किनेका छन् । सञ्जयले रेन्ज रोबर एल डव्ल्यू बी एसइ किनेका छन् । यो डिजेलवाला कारको मूल्य २.३३ करोड हो । आफ्नो कारको तस्वीर सञ्जयले इन्स्टाग्राममा राखेका छन् ।

यी बाहेक सञ्जय दत्तसँग अरु धेरै कारहरु छन् ।

अमिताभ बच्चनले केही दिन पहिला मर्सिडिज बेन्ज भी क्लास किनेका थिए । यो गाडी भारतमा लञ्च भएको सबैभन्दा महंगो एमपीवी कार मध्ये एक हो । जसको मूल्य भारतीय रुपैयाँ ६८ लाख रहेको जनाइएको छ ।

प्रियंका चोपडा पनि कारकी शोखिन हुन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बलिउडकी उनी एक मात्र अभिनेत्री हुन् जोसँग रोयल रोयस रहेको छ । यसका साथ प्रियंकासँग अरु कार पनि रहेको छ । जसको मूल्य ५ करोड २५ लाख रहेको छ । हालसालै प्रियंकाले निकसँग विवाह गरेपछि उनलाई पनि कार उपहार दिएकी थिइन् । उनले निकलाई दिएको मर्सिडिज कारको मूल्य भारतमा १० करोड ५० लाख भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कटरीना कैफ पनि कारको शोखिन हुन् । कटरीनासँग कयौं गाडीहरु छन् तर हालसालै उनले एक गाडी किनेकी छिन् जसको मूल्य ४९ देखि ६५ लाख रहेको बताइएको छ ।

सलमान खानपनि विलासी गाडीका शोखिन हुन् । हालसालै उनले १ करोड ८७ लाखको कार किनेका छन् ।
विलाशी गाडी किन्ने व्यक्तिमा वरुढा धवन पनि पर्छन् । उनीसँग पनि महँगो गाडी रहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ४ : ०७ बजे

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना