वीरगञ्ज भन्सार नाकाबाट ६ महिनामा ४८ अर्बको डिजेल भित्र्याइयो « Khabarhub

वीरगञ्ज भन्सार नाकाबाट ६ महिनामा ४८ अर्बको डिजेल भित्र्याइयो


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ ।

सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा खपत हुने कूल परिमाणको पेट्रोलियम पदार्थको आधा हिस्सा वीरगञ्ज नाका हँुदै नेपाल भित्रिने गरेको छ । तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको छ महिनामा रु ४७ अर्ब ८७ करोड १७ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ भारतबाट आयात भई नेपाल भित्रिएको छ ।

यसमध्ये रु २३ अर्ब मूल्य बराबरको डिजेल आयात भएको हो ।

तुलनात्मक रुपमा हेर्ने हो भने अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा डिजेल आयात तीन प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी सङ्घीय सरकारले लगाएको नाकाबन्दीको कारण शुरुमा डिजेल आयात घटे पनि असोजदेखि आयात क्रमशः बढ्दै गएको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए ।

चालू आर्थिक वर्षको छ महिनामा पाँच लाख चार हजार लिटर डिजेल पाइपलाइनबाट अमलेखगञ्ज डिपोमा भित्रिएको छ भने अघिल्लो आर्थिक वर्षको छ महिनामा चार लाख ९१ हजार लिटर इन्धन नेपाल भित्रिएको हो । भन्सार कार्यालयले चालू आवको छ महिनामा डिजेलबाट करीब २३ प्रतिशत राजश्व उठाएको छ ।

भारतको मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट भन्सार कार्यालयले रु १६ अर्ब ६२ करोड डिजेलबाटै राजश्व उठाएको छ । सो अवधिमा पेट्रोल र एलपी ग्यासको आयात भने घटेको छ । पेट्रोलको आयात परिमाण ११ प्रतिशत र एलपी ग्यास १७ प्रतिशतले बढेर गएको वीरगञ्ज भन्सारले जनाएको छ ।

भन्सार नाकाबाट अघिल्लो वर्षको पुस मसान्तसम्ममा ९० हजार २०४ लिटर हवाई इन्धन आयात भएकामा चालू आर्थिक वर्षको सोही अवधिमा २६ हजार ११२ लिटर हवाइ इन्धन भित्रिएको हो ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ५८ प्रतिशतले कोइलाको आयात बढेको छ । सो अवधिमा चार लाख आठ हजार मेट्रिक टन कोइला नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा दुई लाख ५७ हजार मेट्रिक टन मात्र कोइला भित्रिएको भन्सारको तथ्याङ्कले जनाएको छ ।

भारतको मोतिहारीबाट बाराको अमलेखगञ्ज डिपोसम्म पाइपलाइनमार्फत आउने डिजेलको परिमाण नाप्न अमलेखगञ्ज डिपोमा विलिङ मेसिन राखिएको छ । सोही विलिङ मेसिनबाट के कति परिमाणको डिजेल आउँछ त्यही अनुसार भन्सारले राजश्व उठाउने गरेको छ । त्यहाँ रहेको मिटरमा परिमाण देख्न सकिन्छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १० : ३५ बजे

मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो

जनकपुरधाम– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१

मदिरा घोटाला प्रकरणमा अरविन्द केजरीवाल र मनीष सिसोदियालाई सफाइ

नयाँदिल्ली- मदिरा घोटाला प्रकरणमा भारतको राजधानी सहर नयाँ दिल्लीका पूर्वमुख्यमन्त्री

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

गलकोट– नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ

टुकुचा खोल्ने नाममा बागबजारको सडक भत्कियो, तीन दिनदेखि सडक अस्तव्यस्त

काठमाडौं– काठमाडौं महानगरपालिकाले बागबजार क्षेत्रमा तीन दिनअघि टुकुचा खोला खुलाउने