लकडाउनमा कण्डम र गर्भनिरोध चक्की ३ गुणा बढी बिकेको खुलासा « Khabarhub

लकडाउनमा कण्डम र गर्भनिरोध चक्की ३ गुणा बढी बिकेको खुलासा


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कोरोना संक्रमणकालिन लकडाउनको अवस्थामा विश्वभरको सबै काम प्रभावित भयो । यस क्रममा धेरै उत्पादन कम्पनी डुब्ने अवस्थामा पुगे । तर रोचक के छ भने विश्वका कैयौँ उत्पादन कम्पनी डुबेको बेला भारतमा भने कण्डम र आई पिल्सको बिक्री भने कैयौं गुणा बढेको खुलासा भएको छ । डुन्जो एडले गरेको सर्वे अनुसार भारतमा कण्डम र पिल्सको बिक्री बढेको खुलासा भएको हो ।

कोरोनाकालमा लकडाउनको समयमा मानिसहरु घरभित्र रहन बाध्य भए । यस क्रममा भारतमा भने कण्डमको बिक्री अत्यधिक भयो । यसमा अझ रोचक के छ भने मानिसले रातमाभन्दा दिउँसै कण्डमको खरिद बढी गरेको डुन्जो एपले खुलाएको छ । कन्सिअर्ज सर्भिस एप डुन्जोको डेलिवरी ट्रेण्ड्समा यो तथ्यांक बाहिर आएको हो ।

सर्वेको अनुसार डुन्जो एपमा कण्डमको अर्डर रातको तुलनामा दिउँसो बढि हुने गरेको थियो । लकडाउन ताका कण्डमको माग अन्य समयभन्दा तीन गुणा बढि थियो । हैदराबादमा करीब ६ गुणा, चेन्नईमा ५ गुणा र जयपुरमा ४ गुणा बढि भएको थियो । त्यस्तै मुम्बई र बेगलुरूमा रातमा भन्दा दिउँसो कण्डमको अर्डर ३ गुणा बढेको थियो ।

कण्डम मात्र होइन, लकडाउनको समयमा भारतमा गर्भनिरोधक चक्कि आईपिलको समेत माग बढेको थियो । सर्वे अनुसार गर्भनिरोधक चक्किको माग हुने स्थानमा बेगलूरु, पुणे, गुरुग्राम, हैदराबाद र दिल्ली प्रमुख थिए । त्यस्तै प्रेगनेन्सी टेस्ट किट्सको माग जयपुरमा बढि थियो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ५ : १५ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले