विद्यार्थीसँगै मिडिया र फिल्ममेकरलाई ओस्कर कलेजले छात्रवृत्ति दिने « Khabarhub

विद्यार्थीसँगै मिडिया र फिल्ममेकरलाई ओस्कर कलेजले छात्रवृत्ति दिने


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको ओस्कार कलेजले यो वर्ष २४ जना विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने घोषणा गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण फिल्म पढ्न चाहने विद्यार्थीको सपना पैसाकै कारण नरोकियोस् भन्ने मनसायले २४ जनालाई छात्रवृत्ति दिन लागेको कलेजले जनाएको छ । जसमध्ये २० जनालाई ‘कोभिड रिलिफ स्कलरसीप अवार्ड’ प्राप्त गर्नेछन् भने बाँकी ४ जनालाई ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ प्रदान गरिनेछ ।

‘कोभिड रिलिज स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले ४ वर्षको अवधिमा विभिन्न आर्थिक सहयोग पाउनेछन् । यसैगरि ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले पढाइ अवधिभर लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।

कलेजले ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ले आफूहरुबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वासका साथ यस्तो छात्रवृत्तिको घोषणा गरेको जनाएको छ । ओस्कार कलेजमा पढेर यो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले मिडिया तथा फिल्म उद्योगमा सक्रियताका साथ ५ वर्ष काम गरेको हुनुपर्नेछ ।

आजभन्दा १६ वर्ष अघि स्थापना भएको ओस्कार कलेज फिल्म पढाउने नेपालको पहिलो कलेज हो । यसले सिंगापुरको इन्फिनिट स्टुडियोसँगको सहकार्यमा विभिन्न गतिविधि गर्नुका साथै स्टुडियोले अन्तिम वर्षमा पढ्ने ५ जना विद्यार्थीलाई पनि छात्रवृत्ति दिँदै आएको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ४ : ४५ बजे

नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज बस्दैछ ।

हुलाकमार्फत घरघरमै राहदानी

रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय

सबै प्रकारका विभेदको अन्त्य जरुरी : राष्ट्रपति पौडेल 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय

एसिसी महिला प्रिमियर कप: दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला टिम

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा आज नेपालले