प्रतिनिधिसभा विघटन संवैधानिक व्यवस्थानुसार नै भएको महान्यायाधिवक्ता खरेलको तर्क  « Khabarhub

प्रतिनिधिसभा विघटन संवैधानिक व्यवस्थानुसार नै भएको महान्यायाधिवक्ता खरेलको तर्क 


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइको चौथो दिन आज महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको बहस हुँदाहुदै समयाभावका कारण मङ्गलबार पुनः हुने तय भएको छ ।

सरकारका प्रमुख कानूनी सल्लाहकार खरेलले बहुमतप्राप्त दलको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएर नै प्रतिनिधिसभा विघटन गरेको तर्क राखे ।

“संविधानमा प्रतिनिधिसभा पाँच वर्षको हुने व्यवस्था छ, त्यो कार्यकाल पूरा नभएमा संविधानले विघटनसम्बन्धी व्यवस्था अगावै निर्वाचन गर्न सक्ने व्यवस्था छ ।”

कानूनको शासन अवलम्बन गर्ने हो भने जनताको जनमतको सम्मान गर्नुपर्ने तर्क राख्दै उनले भने, “ बहुमतको सरकार छ, जनताले चुनेर पठाएका छन्, म जनताप्रति जिम्मेवार हुनुपर्छ भन्ने प्रधानमन्त्रीको लिखित जवाफ नै छ ।”

उनले नेपालको संविधानको धारा ७६ (७) मा प्रतिनिधिसभा विघटनको व्यवस्था भएको जिकिर पनि गरे ।

नेपालको संविधानको धारा ७६ को (७) को उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने भन्ने व्यवस्था छ ।

महान्यायाधिवक्ता खरेलले वर्तमान सरकार पाँच वर्षका लागि बने पनि कार्यकाल पूरा गर्न नपाउँदा संविधानबमोजिम विघटन गरी निर्वाचनमा गएको तर्क राखे ।

रिट निवेदकका तर्फबाट आइतबार बहस सकिएपछि आजदेखि सरकार पक्षको बहस शुरु भएको हो । रिट निवेदक र कानून व्यवसायी गरी ६८ जनाले बहस गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । यही माघ ४ गतेदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस शुरु गरिएको हो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १० : ३३ बजे

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ