पचास जना महिलालाई बाख्रापलनका लागि अनुदान | Khabarhub Khabarhub

पचास जना महिलालाई बाख्रापलनका लागि अनुदान


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाउन शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ ।

नगरपालिकाको वडा नं २ र १२ का  महिलालाई सीप तथा व्यावसायिक विकासका लागि  बाख्रापालनसम्बन्धी सातदिने तालिम उपलब्ध गराई अनुदान रकम उपलब्ध गराइएको हो ।

तालिममा सहभागी भएका महिलालाई तीन हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ ।

आधा रकम नगरपालिकाको महिला शाखाले र आधा रकम तालिममा सहभागी महिलाले बाख्रापालनका लागि व्यहोर्ने सहमति गरिएको छ ।

‘महिला आर्थिकरूपमा सक्षम भए घरेलु हिंसाका घटना कम हुन्छन्’, नगरपालिकाको महिला शाखाका प्रमुख कमला जोशीलेभ भनिन्, ‘महिलालाई आर्थिकरूपमा सक्षम बनाउनकै लागि सातदिने तालिमसँगै अनुदान रकम उपलब्ध गराएका छौँ’, नगरपालिकाको दुवै वडाका २५/२५ महिलालाई छुट्टाछुट्टैरूपमा तालिम प्रदान गरिएको उनले बताइन् ।

घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्‍याउनका साथै महिलाको सामाजिक, आर्थिक अवस्था सुदृढ गर्ने, बचत बढाउनका लागि सीप क्षमताको विकास गर्ने र उत्पादनशील क्षेत्रमा पूँजी परिचालन गर्नका लागि उत्प्रेरित गर्न तालिमसँगै अनुदान रकम दिइएको उनको भनाइ छ ।

नगरपालिकाको महिला शाखाले गठन गरेका महिला विकास समिति, संस्था र समूहमा आवद्ध महिलाले अनुदान रकम पाएका छन् ।

पशु शाखाका पशु विकास अधिकृत रामदत्त भट्टले सातदिने तालिमका क्रममा महिलालाई उन्नत बाख्रपालनसँगै खोर सुधारबारे जानकारी दिइएको बताए ।

‘व्यवसाय प्रवर्द्धन  गर्नका लागि आवश्यक पर्ने सीपसमेत महिलालाई सिकाएका छौँ’, उनले भने, ‘बाख्रापलनमा संलग्न हुने महिलालाई आहार व्यवस्थापनबारे समेत जानकारी दिइएको छ ।’

दुवै वडाका महिलालाई एक लाख ५० हजार रकम अनुदानका रूपमा दिइएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ७ : ३४ बजे

दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु

लमजुङ – पाठेघरको क्यान्सरबाट पीडित यहाँस्थित दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष

अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक नौटियालको कन्सर्ट हुने

काठमाडौं– एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा

स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका

ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस दिने 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा