चैत २७ मा आफैसँग भिड्दै पुष्प ! « Khabarhub

चैत २७ मा आफैसँग भिड्दै पुष्प !


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक अभिनेता तथा अभिनेत्रीका लागि फिल्म रिलिजको दिन महत्वपूर्ण दिन मानिन्छ ।

किनकी फिल्म रिलिजपछि प्राप्त दर्शक प्रतिक्रिया र बक्सअफिस कलेक्सन उसका लागि चासोको विषय रहन्छ । तर त्यही अभिनेता वा अभिनेत्री अभिनित दुई फिल्म एकैदिन रिलिज भयो भने उनीहरुका लागि त्यो भन्दा ठूलो केही हुँदैन ।

अभिनेता पुष्प खड्काका लागि यस्तै तनाव आइलागेको छ । किनकी आगामी चैत २७ गते उनी अभिनित दुई फिल्म ‘कृष्ण लीला’ र ‘मनसँग मन’ रिलिज हुँदैछ । फिल्म ‘मनसँग मन’ले यसअघि नै चैत २७ लाई रिलिज बुक गरिरहँदा ‘कृष्ण लीला’ले मंगलबार सोही मितिमा रिलिज घोषणा गरेको छ ।

दीपक ओली निर्देशित यो फिल्ममा रोहित कट्टेल प्रस्तुतकर्ता छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् ।

फिल्ममा पुष्पसँगै श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा पत्रकार लक्ष्मण सुवेदीको कथा, पटकथा, शिव ढकाल र बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ । फिल्म पूर्वी नेपालको पाँचथर, इलाम, झापालगायतका जिल्लामा छायांकन गरिएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ९ : ४७ बजे

सभामुखलाई विपक्षीले भने- प्रधानमन्त्रीबाट सीमाबारे स्पष्ट जवाफ नआएसम्म विरोध गरिरहन्छौँ

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नियमित रुपमा प्रधानमन्त्रीसँग

बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू)

काठमाडौं– आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् । उनीहरू माइतीघरबाट

धार्मिक सहिष्णुतामा आच आउन नदिन सर्वपक्षीय बैठक

जनकपुरधाम- धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आच आउन

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा