चैत २७ मा आफैसँग भिड्दै पुष्प ! | Khabarhub Khabarhub

चैत २७ मा आफैसँग भिड्दै पुष्प !


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक अभिनेता तथा अभिनेत्रीका लागि फिल्म रिलिजको दिन महत्वपूर्ण दिन मानिन्छ ।

किनकी फिल्म रिलिजपछि प्राप्त दर्शक प्रतिक्रिया र बक्सअफिस कलेक्सन उसका लागि चासोको विषय रहन्छ । तर त्यही अभिनेता वा अभिनेत्री अभिनित दुई फिल्म एकैदिन रिलिज भयो भने उनीहरुका लागि त्यो भन्दा ठूलो केही हुँदैन ।

अभिनेता पुष्प खड्काका लागि यस्तै तनाव आइलागेको छ । किनकी आगामी चैत २७ गते उनी अभिनित दुई फिल्म ‘कृष्ण लीला’ र ‘मनसँग मन’ रिलिज हुँदैछ । फिल्म ‘मनसँग मन’ले यसअघि नै चैत २७ लाई रिलिज बुक गरिरहँदा ‘कृष्ण लीला’ले मंगलबार सोही मितिमा रिलिज घोषणा गरेको छ ।

दीपक ओली निर्देशित यो फिल्ममा रोहित कट्टेल प्रस्तुतकर्ता छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् ।

फिल्ममा पुष्पसँगै श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा पत्रकार लक्ष्मण सुवेदीको कथा, पटकथा, शिव ढकाल र बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ । फिल्म पूर्वी नेपालको पाँचथर, इलाम, झापालगायतका जिल्लामा छायांकन गरिएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ९ : ४७ बजे

रुकुम पश्चिमको सोती घटनाः जन्मकैदको फैसला सदर, जातीय विभेद बदर

सुर्खेत – रुकुम पश्चिमको कुख्यात सोती घटनामा उच्च अदालत सुर्खेतले

ट्रम्पको कर योजनाले अमेरिकी उपभोक्ताको हालत जर्जर

एजेन्सी – कोभिड–१९ महामारी सुरु भएयता अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा

मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं – सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुने भएको

निर्देशक चौहानलाई प्रश्न – फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर हेर्दा ‘जारी’को झल्को किन ?

काठमाडौं – नायक विपीन कार्की र मिरुना मगर केन्द्रीय भूमिकामा

झुट्टा अध्यापन अनुमतिपत्र पेस गरेको आरोपमा शिक्षकमाथि मुद्दा

गोलबजार– धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा