कुवेतमा एक नेपालीको मृत्यु « Khabarhub

कुवेतमा एक नेपालीको मृत्यु


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ ।

लमजुङ क्होलासोथार–५ सिङ्दी घर भएका ३४ वर्षीय लालबहादुर गुरुङको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो ।

मृतक गुरुङ विगत ११ वर्षदेखि कुवेतको अल सारी नेशनल कम्पनीमा कार्यरत रहेको तथा केही समयदेखि जन्डिसको उपचार गराइरहेको र उपचारकै क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास श्रोतले जनाएको छ ।

कुवेतले कोरोनाका करण लगाएको यात्रा प्रतिबन्धको करण शव नेपाल पठाउन ढिलाई हुने समेत दूतावासले जनाएको छ ।

थप दुई नेपालीको उद्धार

कुवेतबाट दुई नेपालीको उद्धार गरिएको छ । गैरआवसिय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहयोगमा कुवेतमा रोजगरी गुमाइ बिचल्लीमा परेका कृष्ण सुनार र बाबुराम गौतमलाई उद्धार गरिएको हो ।

उनीहरुलाई कुवेतबाट नेपाल सम्मको हवाइ टिकट, कुवेतमा गरिएको कोरोनाको पिसिआर परिक्षण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएकै स्वयंसेवकले रिसिभ गरी उनीहरुको घरसम्म पुग्न बसको टिकटको ब्यबस्था गरिएको गैरआवसिय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए ।

साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतमा सम्पर्क गर्न अध्यक्ष केसीले अनुरोध गरेका छन् ।

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतका अध्यक्ष केसी ९४४७१२२२ र महासचिव दिलकुमार पाख्रीनलाइ ९७५५७३१३ मा सम्पर्क गर्न सम्पर्क गर्न सकिने एनआरएनले जनाएको छ ।

कोरोना लगायत विभिन्न कारणले राेजगारी गुमाएर कुवेतमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्य जारी रहेको जनाएको केसीले बताए ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ९ : ४९ बजे

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय

थाइल्यान्डबाट आएका बौद्ध भिक्षुको टोली लुम्बिनीतर्फ

चितवन – विश्वशान्तिका लागि पदयात्राको क्रममा यहाँ आइपुगेको बौद्ध भिक्षु