कुवेतमा एक नेपालीको मृत्यु « Khabarhub

कुवेतमा एक नेपालीको मृत्यु


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ ।

लमजुङ क्होलासोथार–५ सिङ्दी घर भएका ३४ वर्षीय लालबहादुर गुरुङको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो ।

मृतक गुरुङ विगत ११ वर्षदेखि कुवेतको अल सारी नेशनल कम्पनीमा कार्यरत रहेको तथा केही समयदेखि जन्डिसको उपचार गराइरहेको र उपचारकै क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास श्रोतले जनाएको छ ।

कुवेतले कोरोनाका करण लगाएको यात्रा प्रतिबन्धको करण शव नेपाल पठाउन ढिलाई हुने समेत दूतावासले जनाएको छ ।

थप दुई नेपालीको उद्धार

कुवेतबाट दुई नेपालीको उद्धार गरिएको छ । गैरआवसिय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहयोगमा कुवेतमा रोजगरी गुमाइ बिचल्लीमा परेका कृष्ण सुनार र बाबुराम गौतमलाई उद्धार गरिएको हो ।

उनीहरुलाई कुवेतबाट नेपाल सम्मको हवाइ टिकट, कुवेतमा गरिएको कोरोनाको पिसिआर परिक्षण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएकै स्वयंसेवकले रिसिभ गरी उनीहरुको घरसम्म पुग्न बसको टिकटको ब्यबस्था गरिएको गैरआवसिय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए ।

साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतमा सम्पर्क गर्न अध्यक्ष केसीले अनुरोध गरेका छन् ।

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतका अध्यक्ष केसी ९४४७१२२२ र महासचिव दिलकुमार पाख्रीनलाइ ९७५५७३१३ मा सम्पर्क गर्न सम्पर्क गर्न सकिने एनआरएनले जनाएको छ ।

कोरोना लगायत विभिन्न कारणले राेजगारी गुमाएर कुवेतमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्य जारी रहेको जनाएको केसीले बताए ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ९ : ४९ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु