यी १० तरकारी मधुमेहका बिरामीले खान मिल्छ | Khabarhub Khabarhub

यी १० तरकारी मधुमेहका बिरामीले खान मिल्छ


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मधुमेहलाई चिनी वा सुगर रोग पनि भनिन्छ । विश्वमा ४० वर्षमाथिका हरेक चार जना मानिसमध्ये एक जनालाई मधुमेह हुने गरेको छ ।

मधुमेह बढ्दै जाँदा आँखा, मृगौला, मस्तिष्क, मुटु, नसालगायत शरीरका विभिन्न अंगमा समस्या बढ्दै जान्छ । दैनिक रुपमा ३० मिनेट व्यायाम गर्दा मात्र पनि मधुमेह लाग्ने सम्भावना ४० प्रतिशतसम्म घट्न सक्छ । मधुमेहलाई खानपानको माध्यमबाट पनि नियन्त्रण गर्न सकिन्छ ।

१. करेला
करेलाको सेवनले शरीरमा ब्लड सुगर लेभल नियन्त्रण राख्दछ । त्यसैले मधुमेह रोगीले खानामा करेला सामेल गर्नु लाभदायक हुन्छ ।

२. भिन्डी
भिन्डी मधुमेह रोगीका लागि धेरै लाभदायक हुन्छ । यसलाई काँचै वा पकाएर पनि खान सकिन्छ । यसको सेवनले ब्लड सुगर लेभल नियन्त्रण हुन्छ ।

३. पालुङ्गो
म्याग्निसियम, फोलेट र पोटाशियम पर्याप्त मात्रामा पाइने पालुङ्गोको सेवनले पनि मधुमेह नियन्त्रण राख्न सहयोग गर्छ ।

४. चुकन्दर
चुकन्दरमा पोटाशियम र भिटामिन सी भरपुर मात्रामा हुन्छ । यसको सेवनले मधुमेहको रोगीलाई हुने थकान कम हुन्छ र काम गर्नका लागि ताकत पनि मिल्दछ ।

५. शखरखण्ड
शखरखन्ड (सुठुनी)मा एन्डिअक्सिडेन्ट पाइन्छ । यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न सहयोग गर्दछ ।

६. बन्दगोभी
बन्दगोभी नियमित खानाले शरीरमा इन्सुलिनको स्तर नियन्त्रित हुन्छ । यसले तौल घटाउन समेत सहयोग गर्दछ ।

७. लौका
बिहान खाली पेटमा लौकाको जुस पिउनाले मधुमेहसम्बन्धी सबै समस्याबाट छुटकारा पाउन सकिन्छ ।

८. बैगुन
मधुमेह रोगीकालागि बैगुनको सेवन पनि लाभदायक हुन्छ । यसले ब्लड सुगरको लेभल बढ्न दिदैन । साथै इन्सुलिनको उत्पादनपनि नियन्त्रणमा राख्दछ ।

९. प्याज
प्याजमा केहि यस्ता एसिड पाइन्छ, जसले शरीरमा इन्सुलिनको मात्रा बढ्न दिदैन साथै ब्लड सुगर लेभल पनि सन्तुलित राख्दछ ।

१०. काउली
काउलीमा फाइबरको मात्रा पर्याप्त हुन्छ । यसले शरीरको विषाक्त पदार्थ वाहिर निकाल्छ । साथै मधुमेह रोगीकालागि यो लाभदायक हुन्छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ७ : ४९ बजे

‘अनलाइन’बाटै नागरिकता सिफारिस 

बैतडी– बैतडीका स्थानीय तहहरूले ‘अनलाइन’ प्रणालीबाट नागरिकता प्रमाणपत्रको सिफारिस दिन

यातायात कार्यालय बाराद्वारा सात करोड ३६ लाख बढी राजस्व सङ्कलन

वीरगञ्ज– बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक वर्षको वैशाख

टहरा भत्काएर सडक विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाले ८२ वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य