यसकारण पुरूषको तुलनामा महिलालाई लाग्छ धेरै रक्सी | Khabarhub Khabarhub

यसकारण पुरूषको तुलनामा महिलालाई लाग्छ धेरै रक्सी


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– महिलाको तुलनामा पुरुषले धेरै रक्सी पिउने संसारभरी मान्यता छ । एक अध्ययन अनुसार महिलाको भन्दा पुरुषले दोब्बर रक्सी पिउँछन् ।

तर, अब यी भनाइ पुराना हुँदैछन् । किनभने सन् १९९१ देखि २००० बीचमा जन्मेका महिलाले आफ्ना पुरुष साथीले जत्तिकै रक्सी पिइरहेका छन् ।

यसको नकारात्मक असर देखिन सुरु भइसकेको छ । अमेरिकी सरकारी आकडाका अनुसार सन् २००० देखि २०१५ को बीचमा ४५ देखि ६४ वर्षका महिलाको सिरोसिसका कारण मृत्युको संख्यामा ५७ प्रतिशतको वृद्धि भएको छ । सिरोसिसका कारण मर्ने पुरुषको संख्या २१ प्रतिशत रहेको छ ।

यस्तै २५ देखि ४४ वर्ष उमेरका महिलाको सिरोसिसका कारण मृत्युको संख्यामा १८ प्रतिशतको वृद्धि देखिएको छ । सिरोसिसका कारण मत्यु हुने पुरुषको संख्यामा १० प्रतिशतको कमी देखिएको छ ।

तर, समस्या यतिमात्र होइन कि महिलाले धेरै रक्सी पिइरहेका छन्, वास्तविकता यो हो कि महिलामाथि रक्सीको असर पुरूषको तुलनामा भिन्न तरिकाले भइरहेको छ ।

वैज्ञानिकका अनुसार महिलाको शरीरबाट निकै सीमित मात्रामा अल्कोहल डिहाइड्रोगेनेज (एडीएच) इन्जाइम निस्कने गर्छ । कलेजोबाट निस्कने यो इन्जाइमले शरिरमा अल्कोहललाई तोड्ने काम गर्छ ।

हार्वर्ड मेडिकल स्कूलमा मनोविज्ञानका प्राध्यापक र मेकलिन हस्पिटल म्यासाच्यूटएसमा एडिक्शन साइकोलोजिस्ट डन सुगरम्यान भन्छन्, ‘महिलामाथि रक्सीको असर धेरै हुने भएकाले रक्सी पिउने महिलालाई पुरुषको तुलनामा धेरै समस्या हुन्छ ।’

जो महिला धेरै रक्सी पिउँछन् उनीहरुमा पुरुषको तुलनामा रक्सीको लत र मेडिकल समस्या धेरै हुन्छ । यसलाई टेलिस्कोपिङ भनिन्छ – अर्थात् महिला पुरुषको तुलनामा निकै ढिला रक्सी पिउन शुरु गर्छन् तर चाँडै नै त्यसको आदतमा बस्न थाल्छन् ।

यतिमात्र होइन, महिलामा कलेजो र मुटु रोगसम्बन्धि रोगको आशंका पनि धेरै हुने गर्छ । पुरुषको तुलनामा रक्सीले महिलालाई पुर्‍याउने असरबारे एक दशक अघिसम्म त्यति जानकारी उपलब्ध थिएन किनभने यस्ता अध्ययन रक्सी पिउने पुरुषमाथि मात्र गरिन्थ्यो ।

सन् १९९० मा जब अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थले क्लिनिकल रिसर्चमा महिलालाई समावेश गर्न सुरु गरेपछि स्थितीमा परिवर्तन आएको हो ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ५ : ४० बजे

‘अनलाइन’बाटै नागरिकता सिफारिस 

बैतडी– बैतडीका स्थानीय तहहरूले ‘अनलाइन’ प्रणालीबाट नागरिकता प्रमाणपत्रको सिफारिस दिन

यातायात कार्यालय बाराद्वारा सात करोड ३६ लाख बढी राजस्व सङ्कलन

वीरगञ्ज– बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक वर्षको वैशाख

टहरा भत्काएर सडक विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाले ८२ वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य