खाना नबनाएको निहुँमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या « Khabarhub

खाना नबनाएको निहुँमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति श्रीमती ४२ वर्षीया हरिमाया पुनको हत्या गरेको आरोपमा पोखरा महानगरपालिका-३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो।

पोखरामा डेरा गरी बस्दै आएका पुन पर्वत जलजला गाउँपालिका-७ धाइरिङका हुन् । उनले श्रीमतीलाई राति पौने ८ बजे धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार हरिमाया आफ्नै सुत्ने कोठामा मृत फेला परेकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा गमबहादुरलाई पोखरा महानगरपालिका-३३ लामगादीबाट पक्राउ गरिएको हो ।

गमबहादुरले खाना नबनाएको विषयमा आपसमा झगडा हुँदा श्रीमतीलाई बञ्चरो प्रहार गरेको अनुसन्धानबाट खुलेको डीएसपी हमालले बताए।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ६ : १४ बजे

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्यबीमा कार्यक्रम पुनः सुरु गर्दै

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी

उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक

मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष खेलाडी

काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो ऐतिहासिक करियरमा अर्को दुर्लभ

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

पर्वत– बिहादी गाउँपालिका-१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट फर्केर व्यावसायिक

भोजपुरको थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर– भोजपुरको तेञ्जिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल निर्माण