लागुऔषधसहित तीन पक्राउ | Khabarhub Khabarhub

लागुऔषधसहित तीन पक्राउ


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोरङ घर भएकी २२ वर्षीया सपना राजबंशीलाई करिब पाँच केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

कागेश्‍वरी मनोहरा नगरपालिका-८ शिवचोक डेरा गरी बस्‍ने उनलाई पाँच केजी गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

उनको कोठामा लागुऔषध लुकाई राखेको भन्‍ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

घटनामा संलग्‍न फरार सिन्धुपाल्चोक मेलम्ची घर भएका २६ वर्षीय ईश्वर आचार्यको प्रहरीले खोजी गरिरहेको छ ।

यसैबीच पर्साको बहुदरमाई नगरपालिका-७ बिश्रामपुर बस्‍ने ६० वर्षीय मसलिम देवानलाई नौ केजी दुई सय ग्राम लागुऔषध चरेस, तीन थान चरेस बनाउन प्रयोग हुने मेसिन र नौ सय २० ग्राम केमिकलसहित प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागुऔषध लुकाई राखेको भन्‍ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी वीरगंज महानगरपालिका-२५ सिर्सियाबाट दुई केजी पाँच सय ग्राम गाँजासहित भारत बिहार जमुईग्राम मोहनपुर बस्‍ने २० वर्षीय राकेश सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी छप्कैयाबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ६ : ३१ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय