नाका खुकुलो भएसँगै आजातजावतमा सहज | Khabarhub Khabarhub

नाका खुकुलो भएसँगै आजातजावतमा सहज


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौँ मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो ।

नाकाबाट ठूला सवारी साधन आजतजावतमा रोक लगाए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौं नेपाली भारतीय सीमावर्ती बजार पानीट्याङ्की, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरीदका लागि जाने र नेपालतर्फ आउने क्रम बढेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले अझै पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले सरकारले लागू गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराएर मात्रै नाकाबाट आजातजावत भइरहेको बताए ।

उनले उपचारका लागि भारतका विभिन्न स्थानमा जाने वृद्धवृद्धा, असशक्तहरुलाई पालो मिलाएर सिटीरिक्सामा पठाउने गरको स्वीकार गरे । ‘मानवीय कारणले उपचारमा जानेलाई केही सहज बनाइएको छ’, उनले भने, ‘तर अन्यको हकमा भने पुरानौ अवस्था छ । खुकुलो बनाइएको छैन ।’

उनले नेपालका अन्य सीमानाका खुलेपनि पूर्वी नाका खुलाउने बारेमा केन्द्रबाट कुनै निर्देशन नआएको बताए। भारतबाट आएका व्यक्तिले ७२ घण्टाभित्रको पिसीआर रिपोर्ट तथा तेस्रो मुलुकबाट आएकाले राहदानी देखाएर नेपाल प्रवेश गरिरहेको जानकारी दिए।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि भारतसँग जोडिएका सीमा नाकाहरु बन्द गरेको थियो ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ११ : ५९ बजे

सुप्रिया र मायाले जिते ‘मिस एण्ड मिसेस गुरुङ’को उपाधि

काठमाडौं – ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता