मेस्सीको गोलमा बार्सिलोनाको पुनरागमन जित « Khabarhub

मेस्सीको गोलमा बार्सिलोनाको पुनरागमन जित


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पुनरागमन जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

बेटिसको मैदानमा एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।

खेलको ३८औँ मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । खेलको ५९औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ५७औँ मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले दुई मिनेट पछि नै गोल गरेका हुन् । खेलको ६८ औँ मिनेटमा भिक्टर रुइजले आत्मघाती गोल गर्दा बार्सिलोना २-१ ले अघि रह्यो ।

७५औँ मिनेटमा भिक्टरले गोल गर्दै बेटिसलाई २-२ गोलको बराबरीमा ल्याए । खेलको ८७औँ मिनेटमा त्रिनकाओले गोल गर्दै बार्सिलोनालाई ३-२ को जित दिलाए ।

जितसँगै बार्सिलोना ४३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । बेटिस ३० अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ७ : ३९ बजे

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह

विश्वकप फुटबल : धेरै सेलिब्रेटी मेसीकै फ्यान

काठमाडौँ- नायक अनमोल केसी यही साता अमेरिका उड्ने तयारीमा छन्

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण

ट्राफिक कारबाहीबाट १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन २ हजार ५१९ सवारीचालकलाई सवारी

फिफाको कारबाही: विपक्षीको खुट्टा भाँचिदिने कतारका खेलाडी मादिबोलाई ५ खेलको प्रतिबन्ध

भ्यानकुभर – विश्वकप फुटबल प्रतियोगिताका दौरान क्यानडाका मिडफिल्डर इस्माएल कोनेको