काठमाडौँ– प्रशस्त निद्राको बाबजुत राम्रो खानपान गर्दागर्दै पनि शरीर झुम्म हुने, थकित महसुस गर्ने, हाई आउने, आलस्यता हुने भइरहेको छ । यो हो भने थाहा पाउनुस्– तपाईको शरीरमा पानीको मात्रा पुगेन ।
यसबाहेक यी हुन सक्छन् कारण
आइरनको कमीः रगतमा आइरनको मात्रा कम हुँदा शरीरका बिभिन्न भागमा कम अक्सिजन पुग्छ र यसले तपाइँलाई थकित बनाउँछ । आइरन प्रशस्त मात्रामा पाइने गेडागुडि, अन्डा, हरियो सागसब्जी खाने बानी बसाल्नुस् ।
ब्रेकफास्टः ब्रेकफास्ट शरीरको मेटाबोलिज्म चुस्त राख्न मद्दत गर्छ बिहान हतार हतारमा ब्रेकफास्ट छाड्नुभयो भने दिनभरी नै तपाइँ थकित रहने सम्भावना प्रवल हुन्छ । त्यसैले ब्रेकफास्टमा नियमित रहनुस् ।
अनियमित ब्यायामः यदि तपाइँ ब्यायाम गर्नुहुन्छ तर नियमित हुनुहुन्न भने ब्यायाम छाड्नुभएको दिन तपाइँ पूर्ण रुपले चुस्त स्फूर्त रहन सक्नुहुन्न त्यसैले ब्यायामलाई नियमित बनाउनुस् ।
कामको लोडः कामको लोड धेरै महसुस गर्नु र तनाव लिनु हानिकारक छ । यसले तापाइँलाई फूर्तिलो रहन दिँदैन । याद रहोस् तनावले विस्तारै विस्तारै तपाइँलाई गलाइरहेको हुन्छ ।
मन आत्तिनुः यदी तपाईको मन स्थिर छैन भने तपाईको मनमा अनेक कुरा खेल्छ । यसकारण तपाईलाई खान मन लाग्दैन । अनि थकान महशुस हुनसक्छ । -एजेन्सीको सहयोगमा ।
प्रतिक्रिया