अनमोल केसीको ‘स्टारडम’ ले फिल्म चलेको हो ? « Khabarhub

अनमोल केसीको ‘स्टारडम’ ले फिल्म चलेको हो ?


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- नयाँ वर्ष पारेर गत चैत्र २९ गते रिलिज भएको फिल्म ‘ए मेरो हजुर ३’ ले दोस्रो हप्तासम्म फिल्म हलमा आफ्नो वर्चश्व कायम राख्यो । फिल्मको व्यापार निर्माण टिमले आशा गरेभन्दा बढी देखियो । यो पक्का हो कि, फिल्म भयंकर गज्जबको थिएन/छैन । तर ‘ए मेरो हजुर ३’ हेर्न हलसम्म दर्शक ओर्लिए । फिल्म व्यापारिक रुपमा सफल रह्यो ।

फिल्म चल्यो तर के कारण चल्यो ? यो एउटा बहसको विषय त हो नै तर कतिपयले भने अनमोल केसीको ‘स्टारडम’का कारणले फिल्म चलेको बताउँदै आएका छन् । यसअघि अनमोलकै शीर्ष भूमिका रहेका दुई फिल्म ‘कृ’ र ‘क्याप्टेन’ ले राम्रो खासै क्रेज देखाउन नसकेका बेला ‘ए मेरो हजुर ३’ मा भने अनमोलको क्रेज फर्किएको देखिएको छ ।

कतिपयले अनमोलको यो फिल्म चल्नुमा एसईईपछिको विदालाई कारण भनिरहेका छन् । तर, अरु फिल्मका तुलनामा यो फिल्म चल्नुले के पनि देखाउँछ भने अनमोलको क्रेज छ । कतिपयले भने अनमोललाई दर्शकले लभर ब्यायका रुपमा रुचाएको अड्कल काटिरहेका छन् ।

जे होस्, सुहाना थापा र अनमोलको जोडी रहेको यो फिल्म ठूलो समूहका दर्शक समूहले रुचाएको पक्का हो । फिल्मको निर्देशन झरना थापाले गरेकी हुन् । फिल्मको कथा नै व्यावसायिक रुपले आम दर्शकले मन पराउने गरी तयार पारिएको छ ।

तस्वीर – दिनेश सिटौला

फिल्म ‘ए मेरो हजुर ३’ जसका कारणले गर्दा चलेको भए पनि नेपाली फिल्म उद्योगका लागि सकारात्मक सन्देश नै हो । किनकि, यहाँ फिल्म बनाएर नै टाट पल्टिनै सयौँ निर्माताहरु छन् । ती निर्माताहरुमा कोही निर्माता त कमसेकम सुरक्षित हुनुपर्‍यो नि ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १ : २४ बजे

गर्मीका कारण कोहलपुरका विद्यालय तीन दिन बन्द

नेपालगन्ज– बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन

परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते चीन जाँदै 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमण जाने भएका छन्। खनालनिकट

प्रचार सामाग्री सार्वजनिक नहुँदै ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री

काठमाडौं – प्रदर्शनको करिब तीन महिनाअघि नै फिल्म ‘पेन्सन पट्टा’को

हङकङले नेपाललाई दियो १८९रनको चूनौति 

 काठमाडौं–  एसियन गेम्स क्वालिफायरको उपाधि निर्णायक खेलमा  हङकङले नेपाललाई १८९ रनको लक्ष्य

फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द

एजेन्सी– फिलिपिन्समा सोमबार ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि जनरल सान्तोस