नेकपा (दाहाल-नेपाल समूह)को जुलुसले ट्राफिक व्यवस्थापन अस्तव्यस्त « Khabarhub

नेकपा (दाहाल-नेपाल समूह)को जुलुसले ट्राफिक व्यवस्थापन अस्तव्यस्त


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाद-नेपाल समूहको र्‍यालीले काठमाडौँको  ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।

दाहाल-नेपाल समूहले बिहान ११ बजे राजधानीका ५ स्थानबाट निकालेको जुलुस आमसभास्थल भृकुटीमण्डप जाँदैछ। त्यसक्रममा पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमल क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ ।

जुलुस निकालिएका क्षेत्रतर्फ यातायातका साधन प्रवेशमा प्रहरीले रोक लगाएको छ । ती क्षेत्रमा जान नपाएका सवारी साधन अन्यत्रै जाँदा ट्राफिक जाम अचाक्ली बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेकपाको दाहाल-नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन गरिरहेको हो ।

जुलुस निस्किएपछि महानगरीय ट्राफिक महाशाखाले ठूला सवारीसाधनलाई चक्रपथ रोडमा डाइभर्ट गरेको छ।

साना सवारीसाधनलाई पुतलीसडक रोडमा मात्रै प्रवेश दिइएको ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १२ : ०८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना