कर्मा अब ‘फटाहा फणिन्द्रे’ | Khabarhub Khabarhub

कर्मा अब ‘फटाहा फणिन्द्रे’


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता कर्मालाई दर्शकले फटाहा फणिन्द्रेको भूमिकामा हेर्न पाउने भएका छन् । अरुण खड्काको निर्माण तथा निर्देशनमा बन्ने फिल्म ‘फटाहा फणिन्द्रे’मा कर्मा शीर्ष भूमिकाका लागि फाइनल भएका हुन् ।

फिल्ममा कर्मासँगै अभिनेत्री छुल्ठिम डी गुरुङ र रोहित रुम्बा पनि अनुबन्धित भएका छन् । फिल्मका लागि अभिनेत्री सुष्मा कार्की यसअघि नै फाइनल भइसकेकी थिइन् ।

श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्ता सुनिल मानन्धर रहेका छन् ।

विक्रम सिंह गुरुङ निर्माता र नेत्र विष्ट कार्यकारी निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, विपिन मल्लको सम्पादन, इश्वरलाला सिंकेमनको छायांकन, उत्तम केसीको कथा तथा हिमाल उप्रेती, सुशील पोखरेल र अरुण खड्काको पट्कथा तथा संबाद रहनेछ । निर्माता अरुणले यसअघि फिल्म ‘तिम्रो लागि’, ‘पाठशाला’ निर्माण गरिसकेका छन् । चैतको पहिलो साताबाट छायांकन शुरु हुने फिल्म कमेडीसँगै अपराधको कथा प्रस्तुत गर्नेछ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १२ : २२ बजे

सहज बन्दै नारायणघाट बुटवल सडक

नवलपुर (नवलपरासी)- विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड

सहयोगका पर्खाइमा कलाकार निर्मोही

राँझा (बाँके)- तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी

यसरी गरिँदै छ पर्सामा छठ पर्वको तयारी

वीरगञ्ज (पर्सा)- पर्सा जिल्लामा आसन्न छठ पर्व नजिकिँदै गएपछि यहाँका

बहिनी यो तिहारमा म घर आउँदिन

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति