केपी ओली कहाँबाट पैदा भए भनेर समीक्षा गर्नुपर्छ, नत्र महेन्द्रहरू जन्मिन्छन्: जनार्दन शर्मा « Khabarhub

केपी ओली कहाँबाट पैदा भए भनेर समीक्षा गर्नुपर्छ, नत्र महेन्द्रहरू जन्मिन्छन्: जनार्दन शर्मा


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले नेपालको संविधान कुर्सीसँग साटेको टिप्पणी गरेका छन् ।

आज (बुधवार) काठमाडौँमा भएको नेकपा (प्रचण्ड–नेपाल पक्ष) ले आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

शर्माले केपी ओलीले पदसँग संविधान साटेको भन्दै प्रधानमन्त्री ओलीको खरो विरोध गरे । उनले प्रश्न गरे, ‘के पदसँग संविधान साटिन सक्छ ?’

उनले नेपाली जनताका अधिकारलाई सुनिश्चित गर्न आफूहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताए । उनले गणतन्त्र विरोधीहरुलाई खबरदारी गरेको र कुनै दिन शान्तिपूर्ण आन्दोलनमा उत्रेका जनताहरु विद्रोहमा उत्रिने दाबी गरे ।

‘आज भएको आन्दोलनमा आएका जनता, म भन्न सक्दिनँ, कुन दिन विद्रोहमा उत्रिन सक्छ,’ उनले भने ।

विरोध कार्यक्रममा बोल्दै शर्माले केपी ओलीले संविधानलाई अपांग बनाएको र ओम्नीका नाममा जनतामाथि खेलवाड गरिएको आरोप लगाए ।

‘ओम्नीहरुका नाममा जनताका नाममाथि खेलवाड गरिएको छ । संघीयतालाई गणतन्त्रलाई समाप्त पार्न खेलवाड गरिएको छ,’ उनले भने ।

उनले जनताको अधिकारलाई कुण्ठित गर्ने कार्य भएको बताए । साथै उनले केपी ओली हाबी हुनुका पछाडि के कारण छ भनेर समीक्षा गर्नुपर्ने बेला आएको बताए ।

‘कहाँबाट केपी ओली पैदा भए भनेर समीक्षा गर्नुपर्छ, यदि गरिएन भने फेरि महेन्द्रहरु जन्मिन्छन्,’ उनले भने ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ३ : ०९ बजे

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका