‘सत्यम्’मा जोडिए पल | Khabarhub Khabarhub

‘सत्यम्’मा जोडिए पल


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समयमा म्यूजिक भिडियोमा व्यस्त अभिनेता तथा मोडल पल शाह अभिनेता राजेश हमाललाई आफ्नो आदर्श मान्दछन् । उनी सञ्चारकर्मी तथा पत्रकारमाझ अभिनेता हमालसँग स्क्रिन शेयर गर्ने चाहना समय–समयमा व्यक्त गरिरहन्छन् । यिनै पलले अब पहिलोपटक अभिनेता हमालसँग स्क्रिन शेयर गर्ने भएका छन् ।

निर्देशक शंकर कार्कीले निर्देशन गर्ने फिल्म ‘सत्यम्’मा पल अनुबन्धित भएपछि हमालसँग स्क्रिन शेयर गर्ने उनको सपना पुरा हुन लागेको हो । यो फिल्ममा यसअघि अभिनेताद्वय हमाल र अनुपविक्रम शाही फाइनल भइसकेका छन् । पलले कथावस्तु र आफ्नो भूमिका मनपरेकाले फिल्म साइन गरेको खुलाए । फिल्ममा रेशम सापकोटाको लगानी रहनेछ । फिल्मको एशोसियट निर्मातामा श्याम मल्ल र गणेश पौडेल रहेका छन् ।

एक्सन जनरामा निर्माण हुने फिल्मका लागि निर्माण युनिटले अडिसनबाट कलाकार छनोट गर्दैछ । जसअनुसार काठमाडौं र पोखरामा अडिसन पुरा भइसकेको छ । भौतिक उपस्थितिमा अडिसन पुरा गरिसकेको फिल्म युनिटले अब भर्चुअल अडिसनको आव्हान गरेको छ । रेशम गौतम र कृष्ण अधिकारी सह–निर्माता रहेको फिल्ममा विदुर पाण्डेको डिओपी हुनेछ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ५ : ४० बजे

सहज बन्दै नारायणघाट बुटवल सडक

नवलपुर (नवलपरासी)- विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड

सहयोगका पर्खाइमा कलाकार निर्मोही

राँझा (बाँके)- तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी

यसरी गरिँदै छ पर्सामा छठ पर्वको तयारी

वीरगञ्ज (पर्सा)- पर्सा जिल्लामा आसन्न छठ पर्व नजिकिँदै गएपछि यहाँका

बहिनी यो तिहारमा म घर आउँदिन

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति