राष्ट्रपतिलाई अपशब्द बोलेको आरोपमा नेतृ झाँक्रीलाई प्रहरीले बोलायो | Khabarhub Khabarhub

राष्ट्रपतिलाई अपशब्द बोलेको आरोपमा नेतृ झाँक्रीलाई प्रहरीले बोलायो

झाँक्रीले भनिन्– पक्राउ गर्न प्रहरी घरमा आयो


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछ गर्न भन्दै बोलाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको हो।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि बोलाइएको जानकारी दिए।

गोरखाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेकी थिइन्।

त्यस टिप्पणीलाई लिएर अखिल नेपाल महिला संघ (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै झाँक्रीलाई पक्राउ गरी कारबाही माग गरेको थियो।

यता नेतृ झाँक्रीले पनि पक्राउका लागि प्रहरी घरमै आएको बताएकी छन् । उनले खबरहबसँग भनिन्, ‘प्रहरी पक्राउ गर्न आयो म यही निवासमा छु । बाहिर निक्कै भिडभाड छ ।’

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ११ : ५१ बजे

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर

सुत्केरीलाई पोषण सामग्री वितरण

भोजपुर– सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ।