केपी ओली नेतृत्वको सरकारले आफ्नो चरित्र देखायो – प्रचण्ड « Khabarhub

केपी ओली नेतृत्वको सरकारले आफ्नो चरित्र देखायो – प्रचण्ड


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा अध्यक्ष प्रचण्डले रामकुमारी झाँक्री पक्राउ गरेर केपी ओली नेतृत्वको सरकारले आफ्नो चरित्र देखाएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेपाल मगर संघको भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले ओली सरकारले हिजो नै झाँक्रीलाई पक्राउ गर्न खोजेको तर आफुहरुले जोगाएको समेत बताए ।

उनले भने, ‘राष्ट्रपतिको बारेमा बोलेको भन्दै हिजो नै पक्राउ गर्न खोजेको थियो तर हामीले जोगायौं । तर आज पक्राउ गरेको खबर आएको छ । यसबारेमा पार्टीले छिटै निर्णय गर्नेछ ।’

अहिले सरकारले संघीयता गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै प्रहार गर्न खोजेको भन्दै उनले उत्पिडित जातिमाथिसमेत सरकार जाइलागेको आरोप लगाए । त्यसकै प्रमाण स्वरुप झाँक्री पक्राउ गरिएको उनको भनाइ छ ।

उनले भने, ‘रामकुमारी झाँक्री पक्राउ गर्नु भनेको कम्युनिष्ट पार्टीको निम्ति चुनौती हो । उनीहरुले उत्पिडित जातिमाथि हमला गर्न खोजेका छन् । उहाँ त छिटै मुक्त हुनुहोला । तर यो भनेको लोकतन्त्रमाथि नै प्रहार हो । यसलाई सफल हुन दिने छैनौँ।’

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १ : ४७ बजे

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका