झाँक्री पक्राउपछि भट्टराईको प्रतिक्रिया – यो सरकारको काल आएकै हो ? « Khabarhub

झाँक्री पक्राउपछि भट्टराईको प्रतिक्रिया – यो सरकारको काल आएकै हो ?


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ परेको विषयमा आपत्ति जनाएका छन् ।

झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुर आरोपमा बिहीवार बानेश्वरस्थित उनको घरबाट पक्राउ गरेको थियो । भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट लेख्दै सरकारको यो कदमको विरोध गरेका हुन् ।

‘ओली सरकारले राष्ट्रपतिबारे विचार अभिव्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ, नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता नै दिन्छ, सरकारको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने? यो सरकारको काल आएकै हो ?’

नेतृ झाँक्रीलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थिए । त्यसपछि उनलाई सादा पक्राउ गर्न सादा पोशाकका प्रहरी झाँक्रीको घर पुगेका थिए ।

झाँक्रीले प्रहरीलाई पक्राउ पुर्जी लिएर आउन भनेपछि प्रहरीले पक्राउ पुर्जी लिएर झाँक्रीलाई पक्राउ गरेको थियो । उनलाई महानगरीय अपराध महाशाखा, मीनभवनमा राखिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ५ : ४० बजे

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका