झाँक्री पक्राउपछि भट्टराईको प्रतिक्रिया – यो सरकारको काल आएकै हो ? « Khabarhub

झाँक्री पक्राउपछि भट्टराईको प्रतिक्रिया – यो सरकारको काल आएकै हो ?


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ परेको विषयमा आपत्ति जनाएका छन् ।

झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुर आरोपमा बिहीवार बानेश्वरस्थित उनको घरबाट पक्राउ गरेको थियो । भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट लेख्दै सरकारको यो कदमको विरोध गरेका हुन् ।

‘ओली सरकारले राष्ट्रपतिबारे विचार अभिव्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ, नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता नै दिन्छ, सरकारको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने? यो सरकारको काल आएकै हो ?’

नेतृ झाँक्रीलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थिए । त्यसपछि उनलाई सादा पक्राउ गर्न सादा पोशाकका प्रहरी झाँक्रीको घर पुगेका थिए ।

झाँक्रीले प्रहरीलाई पक्राउ पुर्जी लिएर आउन भनेपछि प्रहरीले पक्राउ पुर्जी लिएर झाँक्रीलाई पक्राउ गरेको थियो । उनलाई महानगरीय अपराध महाशाखा, मीनभवनमा राखिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ५ : ४० बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको