सनीको ‘अनामिका’ सेटमा तोडफोड « Khabarhub

सनीको ‘अनामिका’ सेटमा तोडफोड


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेत्री सनी लियोनी हाल निर्देशक विक्रम भट्टको वेब सिरिज ‘अनामिका’मा व्यस्त छिन् । सिरिजको छायांकनसँगै यसबारे विवाद सुरु भएको छ । सुटिङ सेटमा हालै आएका केही व्यक्तिले निर्देशक विक्रमसँग ३८ लाख रुपैंयाँ माग गर्दै तोडफोड गरेका छन् ।

समाचारअनुसार निर्देशक विक्रमले यसअघि एक्सन निर्देशक अब्बास अली मोघलसँग गर्दाको उनको पारिश्रमिक दिएका थिएनन् । त्यही पारिश्रमिकको माग गर्दै केही व्यक्तिले सुटिङ सेटमा तोडफोड गरेका हुन् ।

विक्रमले यो विवादका कारण वेब सिरिजको पुरा दिन छायांकन गर्न नसकिएको बताए । यो घटनाबाट चिन्तित बनेका विक्रम एक्सन निर्देशक अब्बासका विरुद्ध कानूनी कारवाही गर्ने तयारीमा छन् । अब्बासले भने फाइटर एशोसिएसनले यो विवादलाई हेरिरहेकाले उसैले सुल्झाउने बताए ।

सनीविरुद्ध केही समय अघि आर्थिक हिनामिनाको आरोप लागेको थियो । एक इभेन्ट प्रवद्र्धन कम्पनीसँग पारिश्रमिक लिएर कार्यक्रममा नपुगेको आरोप लागेपछि उनीविरुद्ध अदालतमा मुद्धा परेको थियो । तर अदालतले उनलाई जमानत दिएको थियो ।
–एजेन्सी

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १ : ३५ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु