शताब्दी पुरुष जोशी दम्पतीद्वारा मरणोपरान्त शरीर दानको घोषणा « Khabarhub

शताब्दी पुरुष जोशी दम्पतीद्वारा मरणोपरान्त शरीर दानको घोषणा


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीरको अंग दान गर्ने घोषणा गरेका छन् ।

चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि जोशी दम्पतीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् ।

उनीहरुले शुक्रबार दिउँसो ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् ।

सत्यमोहन १०१ वर्ष पार गरेका छन् भने राधादेवी ९७ वर्षमा प्रवेश गरेकी छन् ।

उनीहरुले मृत्युपछि आफूहरुको शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका हुन् । अहिले किस्ट अस्पतालले जोशी दम्पतीको निःशुल्क हेरचाह गरिरहेको छ ।

सय वर्ष उमेर नाघेर बाँचेको मानिसको शरीरको अवस्था कस्तो हुने रहेछ भन्ने जानकारीका लागि पनि आफूले यो निर्णय गरेको जोशीले बताएका छन् ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ४ : ३२ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि