दैनिक एक कप कफी पिउँदा हृदयघातबाट जोगिने वैज्ञानिकहरुको निष्कर्ष | Khabarhub Khabarhub

दैनिक एक कप कफी पिउँदा हृदयघातबाट जोगिने वैज्ञानिकहरुको निष्कर्ष


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी वैज्ञानिकहरुले दैनिक एक कप ब्ल्याक कफी पिउँदा मुटु रोगको समस्या १२ प्रतिशतसम्म कम हुने निष्कर्ष निकालेका छन् ।

२१ हजार जनामा गरिएको एक शोधपछि वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् । रिसर्चका अनुसार कफीमा पाइने एन्टीअक्सीडेन्टसले शरीरमा हुने स्वेलिङ (सूजन) को मात्रा कम गर्छ र भविष्यमा हुनसक्ने हृदयघातबाट जोगाउँछ ।

अमेरिकन हार्ट एसोसिएसन जर्नलमा प्रकाशित रिपोर्टमा यस्तो उल्लेख गरिएको हो ।

‘धेरैले कफी अथवा क्याफिन मुटुका लागि हानीकारक भएको मान्छन् किनकि यसले रक्तचाप बढाउँछ,’ रिसर्चमा सहभागी कोलोराडो स्कूल अफ मेडिसिनका प्रोफेसर डेबिड काओ भन्छन्, ‘तर कफीले हर्ट फेल हुन सम्भावना घटाउँछ, मानिसले धुम्रपान सेवन भने गर्नुहुँदैन ।’

अमेरिकी वैज्ञानिकहरुले रिसर्चका क्रममा २१ हजार व्यक्तिका विवरण संकलन गरेका थिए । उनीहरुमा कफी पिएपछि कस्तो असर देखियो भन्नेबारे अध्ययन गरिएको थियो ।

अमेरिकन कलेज अफ कार्डियोलोजीको एक रिसर्चको निष्कर्ष छ – हरेक दिन तीन कप कफी पिउँदा मुटुसम्बन्धि खतरा कम हुन्छ ।

यस्तै कफीले क्यान्सरबाट पनि जोगाउने अर्को एक रिसर्चले जनाएको छ । चिनियाँ शोधकर्ताहरुले गरेको शोधले कफी सेवन गर्दा क्यान्सरको सम्भावना कम हुने निष्कर्ष निकालेको छ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित रिपोर्ट अनुसार उक्त रिसर्चमा ५७ हजार व्यक्तिको विवरण संकलन गरिएको थियो । ती व्यक्तिहरुले दैनिक एक वा दुई कप कफी पिउने गर्थे । कफीले प्रोस्टेट क्यान्सरबाट जोगाउन मद्दत गर्ने निष्कर्ष निकालिएको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  २ : ५९ बजे

चिनियाँ विश्लेषकले जब गङ्गाभन्दा उत्तरमा पर्ने भूभाग चीनको हुनुपर्ने बताए…

काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टीनिकट एक जना राजनीतिक विश्लेषकले भारतको गङ्गा

स्रोत साधनको अधिकतम उपयोगमार्फत समृद्धितर्फ अगाडि बढ्न सकिन्छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा भएका स्रोत साधनको

मौसम विभागले भन्यो- एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन

शेरधनको तर्क- ओलीलाई विस्थापित गर्न पूर्वराष्ट्रपति आउने होइन, राजनीति गर्ने इच्छा देखाउनु भएको छैन

काठमाडौं- नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति